+

श्रेयस अय्यर बने भारतको नयाँ टी–२०आई कप्तान

२०८३ जेठ  २३ गते १४:३७ २०८३ जेठ २३ गते १४:३७
श्रेयस अय्यर बने भारतको नयाँ टी–२०आई कप्तान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रेयस अय्यर भारतको नयाँ टी–२०आई क्रिकेट टोलीको कप्तानमा नियुक्त भएका छन् ।
  • नवनियुक्त कप्तान अय्यरले आयरल्यान्ड र इंग्ल्यान्डविरुद्धको सिरिजका साथै एसियन गेम्समा भारतीय टोलीको नेतृत्व गर्नेछन् ।
  • खराब लयमा रहेका यसअघिका कप्तान सूर्यकुमार यादव भने यी तीनवटै सिरिजका लागि टोलीमा पर्न सकेनन् ।

२३ जेठ, काठमाडौं । श्रेयस अय्यर भारतको नयाँ टी–२०आई कप्तान बनेका छन् । शनिबार बसेको छनोट समितिको बैठकले श्रेयसलाई नयाँ कप्तान छनाेट गरेको हो ।

श्रेयसले आयरल्यान्ड र इंग्ल्यान्डविरुद्धको सिरिज तथा एसियस गेम्समा भारतको कप्तानी गर्नेछन् । यसअघिका कप्तान सूर्यकुमार यादव यी ३ सिरिजका लागि टोलीमै परेका छैनन् ।

अय्यरले पछिल्ला वर्षहरूमा कप्तान र ब्याटर दुवै भूमिकामा राम्रो प्रदर्शन गरेका छन् । उनले २०२४ मा कोलकाता नाइट राइडर्सलाई आईपीएलको उपाधि दिलाएका थिए भने दिल्ली क्यापिटल्स र पन्जाब किङ्सलाई पनि फाइनलसम्म पुर्‍याएका थिए ।

सन् २०२५ को आईपीएलमा पन्जाबमा अनुबन्ध भएर कप्तान चुनिएका श्रेयसले उक्त सिजनमै टोलीलाई फाइनलमा पुर्‍याएका थिए । यस सिजन भने सुरुवाती ७ खेलमा अपराजित रहेपनि प्लेअफ भने पुग्न सकेन । उनले आईपीएल २०२५ मा ६०४ रन बनाएका थिए भने आईपीएल २०२६ मा ४९८ रन जोडेका थिए ।

टी–२० विश्वकपको उपाधि जिताएका सूर्यकुमारले भने पछिल्लो समय राम्रो प्रदर्शन गरेका थिएनन् । सूर्यकुमारले विश्वकपमा ९ इनिङ्समा २४२ रन बनाएका थिए भने आईपीएल २०२६ मा १३ खेलबाट २७० रन मात्र जोड्न सकेका थिए ।

श्रेयस अय्यर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय