+

वैभव सूर्यवंशी पहिलोपटक भारतीय सिनियर टोलीमा, एसियन गेम्स पनि खेल्ने

२०८३ जेठ  २३ गते १५:०५ २०८३ जेठ २३ गते १५:०५
वैभव सूर्यवंशी पहिलोपटक भारतीय सिनियर टोलीमा, एसियन गेम्स पनि खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १५ वर्षीय ब्याटर वैभव सूर्यवंशी पहिलोपटक भारतको सिनियर क्रिकेट टोलीमा समावेश भएका छन् ।
  • घोषित टोलीको कप्तानी श्रेयस अय्यरले गर्नेछन् भने उपकप्तानको जिम्मेवारी तिलक वर्माले पाएका छन् ।
  • यसअघिका कप्तान सूर्यकुमार यादव आगामी तीनवटै प्रतियोगिताका लागि घोषित टोलीमा अटाएका छैनन् ।

२३ जेठ, काठमाडौं । १५ वर्षीय ब्याटर वैभव सूर्यवंशी पहिलोपटक भारतको सिनियर टोलीमा परेका छन् । आयरल्यान्ड र इंग्ल्यान्डविरुको टी-२०आई शृङ्खला तथा एसियन गेम्सका लागि घोषित टोलीमा वैभव परेका हुन् ।

टोलीको कप्तानी श्रेयस अय्यरले गर्नेछन् भने उपकप्तानको जिम्मेवारी तिलक वर्माले पाएका छन् । यसअघिका कप्तान सूर्यकुमार यादव तीनवटै इभेन्टका लागि टोलीमा अटाएका छैनन् ।

आयरल्यान्ड र इंग्ल्यान्डसँगको शृङ्खला जुन-जुलाईमा हुँदैछ भने एसियन गेम्स सेप्टम्बरमा जापानमा हुँदैछ ।

टी-२०आई शृङ्खलाका लागि भारतको टोलीः श्रेयस अय्यर (कप्तान), तिलक वर्मा (उपकप्तान), अभिषेक शर्मा, सन्जु सामसन, इशान किशन, शिवम दुबे, नितिश कुमार रेड्डी, अक्षर पटेल, वासिङ्टन सुन्दर, वरुण चक्रवर्ती, रवि बिश्नोई, मोहम्मद सिराज, अर्शदीप सिंह, हर्षित राणा, प्रिन्स यादव र वैभव सूर्यवंशी ।

एसियन गेम्सका लागि भारतीय टोली : श्रेयस अय्यर (कप्तान), तिलक वर्मा (उपकप्तान), रवि बिश्नोई, अभिषेक शर्मा, नितिश कुमार रेड्डी, जसप्रित बुमराह, अक्षर पटेल, हर्षित राना, इशान किशन, अर्शदीप सिंह, शिवम दुबे, वरुण चक्रवर्ती र वैभव सूर्यवंशी

भारतीय क्रिकेट टोली वैभव सूर्यवंशी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय