+
फिफा विश्वकप २०२६ :

जर्मनीलाई पहिलो हाफमै ३-१ को अग्रता

२०८३ जेठ  ३१ गते २३:४३ २०८३ जेठ ३१ गते २३:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ अन्तर्गत कुरासाओ विरुद्धको खेलको पहिलो हाफमा जर्मनीले ३-१ को अग्रता बनाएको छ ।
  • विश्वकपमा डेब्यु गरिरहेको कुरासाओका लागि लिभानो कोमेनेन्सियाले २१औं मिनेटमा ऐतिहासिक गोल गरे ।
  • जर्मनीका लागि फेलिक्स एनमेचा, निको स्लोटरबेक र काई हाभार्ट्जले पहिलो हाफमा एक-एक गोल गरे ।

३१ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत कुरासाओ विरुद्धको खेलमा जर्मनीले हाफ टाइमसम्म ३-१ को अग्रता बनाएको छ ।

ह्युस्टन स्टेडियममा भइरहेको खेलको पहिलो हाफमा जर्मनीका लागि फेलिक्स एनमेचा, निको स्लोटरबेक र काई हाभार्ट्जले एक-एक गोल गरे ।

एनमेचाले छैटौं मिनेटमै गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । जर्मनीलेसुरुवाती अग्रता लिएपछि कुरासाओमाथी  लगातार दबाब बनाएको थियो । तर कुरासाओका लिभानो कोमेनेन्सियाले २१औं मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याए । पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओले विश्वकपको डेब्यु खेलमै चार पटकको विश्व विजेता जर्मनी विरुद्ध ऐतिहासिक गोल गरेको हो ।

जर्मनीलाई फेरि अग्रता लिन लामो समय कुर्नुपरेन । सेन्टरब्याक निको स्लोटरबेकले ३८औं मिनेटमा गोल गर्दै जर्मनीलाई २-१ को अग्रता दिलाएका थिए । नाथनियल ब्राउनको कर्नरमा निकोले हेड मार्फत गोल गरेका हुन् ।

त्यसपछि हाभार्ट्जले पहिलो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै पहिलो हाफमै ३-१ को अग्रता दिलाएका हुन् ।

 

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय