+
+
Shares

कोशी प्रदेश सभामा पहिलो पटक सांकेतिक भाषाको प्रयोग

प्रदेश सभा सचिवालयका सचिव सुदर्शन खड्काका अनुसार, कोशी प्रदेश सभामा सांकेतिक भाषा प्रयोग गरिएको यो पहिलो पटक हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १६:२४

१ असार, विराटनगर । कोशी प्रदेशको प्रदेशसभामा पहिलो पटक सांकेतिक भाषा प्रयोग भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्ने क्रममा सोमबार प्रदेश सभामा पहिलो पटक सांकेतिक भाषाको प्रयोग गरिएको हो ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीले बजेट प्रस्तुत गरिरहँदा सांकेतिक भाषाका दोभाषेले त्यसलाई व्याख्या गरिरहेका थिए ।

प्रदेश सभा सचिवालयका सचिव सुदर्शन खड्काका अनुसार, कोशी प्रदेश सभामा सांकेतिक भाषा प्रयोग गरिएको यो पहिलो पटक हो ।

समावेशीतालाई आत्मसात गर्दै सांकेतिक भाषाको सुरुवात गरिएको उनले बताए ।

प्रतिनिधिसभाको बैठकमा नियमित रूपमा सांकेतिक भाषा प्रयोग हुँदै आएको छ ।  प्रदेश तहमा यो अभ्यासले बिस्तारै प्राथमिकता पाउन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?