News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसद्मा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम किन हुन नसकेको भनी सभामुखको ध्यानाकर्षण गराएका छन् ।
- प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुनुपर्ने बाध्यकारी व्यवस्था रहेकाले त्यसको कार्यान्वयनबारे उनले प्रश्न उठाएका छन् ।
- जेठ महिनामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएपछि नियमावली संशोधन हुने हो वा कार्यान्वयन हुन्छ भन्दै दुलालले संसदमा जवाफ मागेका छन् ।
१४ असार, काठमाडौं । अब संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कहिले हुन्छ ? भनेर संसद्मै प्रश्न उठेको छ ।
नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले यस्तो प्रश्न उठाएका हुन् ।
प्रतिनिधिसभा नियमावललीको परिच्छेद ९ मा रहेको विषय पढेर सुनाए । जहाँ प्रधानमन्त्रीसँग प्रत्यक्षप्रश्नोत्तर सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने विषय छ ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसम्बन्धी व्यवस्था रहेको स्मरण गर्दै उनले सभामुखको ध्यानाकर्षण गरेका हुन् ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा भनिएको छ, ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ ।’
‘सभामुखले गर्नेछ’ भनेर राखिएको यो बाध्यकारी व्यवस्था हो । केहीगरी तय भएको दिन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुन नसके लगत्तै बस्ने बैठकमा गर्नुपर्ने भनिएको छ ।
नियम ५६ को उपनियम १ मा अगाडि भनिएको छ, ‘तर उक्त दिन कुनै कारणवश बैठक बस्न नसकेमा त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टाको समय निर्धारण गर्नेछ ।’ तर, यस्तो प्रावधान जेठ महिनाको हकमा लागू नभएको भनेर संसद्मै प्रश्न उठेको हो ।
‘यो कार्यक्रम कहिले हुन्छ ? प्रावधान नै संशोधन हुन्छ कि लागू हुन्छ ?’ दुलालले प्रश्न गरे ।
प्रतिक्रिया 4