News Summary
Generated by OK AI. Editorially reviewed.- तेह्रौं म्यूजिक खबर म्यूजिक अवार्डको आइतबार सम्पन्न समारोहमा वरिष्ठ संगीतकार शम्भूजीत बाँस्कोटा म्यूजिक खबर दीर्घ साधना सम्मान- २०८२ बाट सम्मानित भएका छन् ।
- पूर्व उपराष्ट्रपति परमानन्द झाले ५१ हजार रुपैयाँ राशिसहित बाँस्कोटालाई उक्त सम्मान प्रदान गरेका छन् ।
- कार्यक्रममा ३३ विधाका उत्कृष्ट सर्जक तथा कलाकारहरूलाई अवार्ड वितरण गर्नुका साथै विभिन्न सांगीतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो ।
१७ असार, काठमाडौं । ‘म्यूजिक खबर म्यूजिक अवार्ड’को १३औं संस्करण सम्पन्न भएको छ । आइतबार सम्पन्न समारोहमा वरिष्ठ संगीतकार शम्भूजीत बाँस्कोटा ‘म्यूजिक खबर दीर्घ साधना सम्मान- २०८२’ बाट सम्मानित भएका छन् । समारोहमा प्रमुख अतिथि पूर्व उपराष्ट्रपति परमानन्द झाले ५१ हजार रुपैयाँसहित बासकोटालाई प्रदान गरे ।
कार्यक्रममा अग्रज गीतकार उन्नति शिला बोहरालाई विशिष्ट सम्मान, गीतकार विजय सिवाकोटीलाई रजत संगीत सम्मान, गायक शिव परियार र गायिका कालिका रोका मगरलाई दशक संगीत सम्मानबाट सम्मानित गरियो । पत्रकारद्वय कुवेर गिरी र गोपीकृष्ण चापागाईँ जनही ५ हजार ५५५ रुपैयाँसहित ‘म्युजिक खबर संगीत पत्रकारिता सम्मान’बाट सम्मानित भए ।
यस्तै गायक डा.रणजित झा, गायिका निता आचार्य, बाल कलाकार युनिशा घिमिरे, सञ्चारकर्मी उदयराज शर्मा, गीतकारहरू पुरुषोत्तम सानु, सुशीला पौडेल, पुष्पा खनाल पनि सम्मानित भए ।
समारोहमा गीत संगीतका विभिन्न ३३ विधामा अवार्ड प्रदान गरियो । यसपटकको म्यूजिक खबर म्यूजिक अवार्डमा सुगम संगीततर्फ गायक प्रविन बेडवाल र गायिका सारिका घिमिरे उत्कृष्ट गायक गायिका बन्न सफल भए ।
बेडवालले हृदयमा बोलको गीतबाट सुगम संगीत सर्वोत्कृष्ट गायकको अवार्ड उचालेका पाएका हुन् भने गायिका घिमिरेले गुन भुल्यौ बोलको गीतबाट ।
मुस्कान छैन आज गीतबाट गीतकार डम्बर याक्सो सुगम संगीत सर्वोत्कृष्ट गीतकार घोषित भए भने सर्वोत्कृष्ट संगीतकारको अवार्ड मेरा सुरहरु गीतबाट शंकर थापा स्माइलले पाए । उत्कृष्ट महिला गीतकार दुखें धेरै दुख्न पुग्यो गीतबाट सरला श्रेष्ठ भइन् भने तेजस्वी अप्सरा गीतबाट उत्कृष्ट डायस्पोरा गीतकारको अवार्ड मनोज खड्काले प्राप्त गरे । संगीत संयोजकको अवार्ड रात किन हुन्छ हजुर गीतबाट नरेन्द्र वियोगीलाई प्रदान गरियो ।
सुगमसंगीततर्फ नै म्यूजिक भिडियो मोडलको अवार्ड तिमी आँखा म नानी गीतबाट झरना रिसालले चुमिन् भने मेरो जिन्दगीको बोलको गीतबाट सुरेश कोह्लीले सर्वोत्कृष्ट सुगम संगीत म्यूजिक भिडियो मोडल पुरुषको अवार्ड चुमे ।
म्युजिक भिडियो छायाँकारको अवार्ड ‘नमस्ते ढोगदियाँ गीतबाट अजय रेग्मीले चुमे भने’ भागौंला त्रिशुली तरेर भिडियोबाट पदम सुवेदीले, सम्पादनको अवार्ड चुमे । आगो लाइदिन्छु भिडियोबाट राहुल शाहले निर्देशनको अवार्ड, नरेश बिबीसीले ओइ नक्कले गीतबाट उत्कृष्ट ध्वनी सम्पादनको अवार्ड हासिल गरे ।
युगलगायन तर्फको अवार्ड हो नि हो गीतबाट कर्णराज गिरी र कमला रेग्मीले अवार्ड चुम्न सफल भए भने उत्कृष्ट राष्ट्रिय भावको गीत अवार्ड बोलको गीतबाट हाम्रो देश गीतबाट सुरेन्द्र खड्काले उचाले । बादलपारी गीतबाट उत्कृष्ट पप गीतकारको अवार्ड धनबीर थापा मगरले चुम्न सफल भए । सर्वोत्कृष्ट पप संगीततर्फ संगीतकारको अवार्ड ओइ नक्कले गीतबाट अर्जुन पोखरेल, सर्वोत्कृष्ट पपगायन पुरुषको अवार्ड प्रिय जिन्दगीबाट.रविन श्रेष्ठ, सर्वोत्कृष्ट पपगायन महिला तर्फको अवार्ड इतिहासबाट आश्रा कुँवरले हासिल गरिन् ।
यस्तै चलचित्रतर्र्फ चलचित्र लाज शरणमको च्यातिएको चोली गीतबाट सुरज पण्डित, र चलचित्र ऊनको स्वीटरको फकाउँछ काफ्ले गीतबाट झुमा लिम्बु सर्वोतकृष्ट पाश्र्व गायक गायिका घोषित भए । चलचित्र एन्जिलाको रात किन हुन्छ हजुर गीतबाट थानेश्वर गौतम सर्वोत्कृष्ट संगीतकार बन्न सफल भ एभने चलचित्र ऊनको स्वीटरको फकाउँछ काफ्ले गीतबाट युवराज काफ्ले सर्वोत्कृट चलचित्र गीतकार बन्न सफल भए ।
लोकदोहोरी तर्फ सर्वोत्कृष्ट लोकदोहोरी गायकको अवार्ड दुःख साटम्ला गीतबाट अर्जुन सापकोटाले चुम्न सफल भने नौली हदेली गीतबाट लक्ष्मी आचार्य सर्वोत्कृष्ट लोक दोहारी गायिकाको अवार्ड चुम्न सफल भइन् । लोकदोहोरी भाकातर्फको अवार्ड जाम भो हिंड रेलैमा सलल गीतबाट नवीन परियार, सर्वोत्कृष्ट लोकदोहोरी शब्दको अवार्ड सरर गीतबाट प्रसाद लामिछानेले चुम्न सफल भए ।
म्यूजिक भिडियो मोडलतर्फ करिमैले गीतबाट अभिनेता पल शाह र मोडल नारायणी खत्रीले अवार्ड चुम्न सफल भए । तिम्रै माया लाउँछ नि गीतबाट दीप गुरुङले सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक लोकदोहोरीको अवार्ड चुम्न सफल भए ।
लोकदोहोरी नवप्रतिभातर्फको अवार्ड देखाउनलाई होइन नि माया गीतबाट रेखा पोख्रेल र तिम्रो मनमा कुन छ गीतबाट मनोहर शर्माले चुम्न सफल भए । त्यस्तै सर्वोत्कृष्ट कल्चरल गीत गायिकातर्फ गुल्मी चन्द्रकोट गीतबाट सुशीला गौतमले अवार्ड चुम्न सफल भइन् ।
त्यसैगरी जुरी अवार्ड गीतकारतर्फ कल्याण श्रेष्ठ– यादहरु दुखिरहन्छ, जुरी अवार्ड राष्ट्रिय भाव गीतकारतर्फ राजनीति भनेको त– पारसमणि बराल, क्रिटिक्स अवार्ड पप गायनतर्फ सुनिल उप्रेती – सागरझैं गहिरो, जुरी अवार्ड गीतकार आधुनिक केशव भट्टराई– धमिलियो आकाश आज, जुरी अवार्ड गायक छिरिङ भुटिया– पहाडी बाटो जुरी अवार्ड संगीतकार बीबी अनुरागी– फूलको आफ्नै कथा छ गीतबाट चुम्न सफल भए ।
चर्चित उद्घोषकद्वय मन्जु पौडेल र निराजन भण्डारीले सञ्चालन गरेको सो अवार्ड समारोहमा कलाकारहरू पल शाह र नारायण खत्री, गायिका टीका प्रसाई, गायक अर्जुन सापकोटा, बालकलाकार देवान खनाल, युनिश घिमिरे लगायतले सांगीतिक प्रस्तुति दिएका थिए ।
प्रतिक्रिया 4