News Summary
Generated by OK AI. Editorially reviewed.- तनहुँको मुग्लिन पुलबाट हाम फाल्ने प्रयास गरेका अन्दाजी ३२ वर्षीय पुरुषको प्रहरीले सकुशल उद्धार गरेको छ ।
- जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी द्वारिकाप्रसाद घिमिरेले भने, ‘स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको कमाण्डमा टोली खटाइयो ।’
- प्रहरीले ती पुरुषलाई सम्झाइबुझाई गरेर पुलको लठ्ठाबाट तल झार्दै उद्धार गरेको हो र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
१७ असार, गोरखा । मुग्लिन पुलबाट हाम फालेर आत्महत्याको प्रयास गरेका एक पुरुषको उद्धार गरिएको छ । बुधबार करिव साढे ११ बजे पुलको लठ्ठामा चढेर हाम फाल्न खोजेका अन्दाजी ३२ बर्षीय पुरुषको प्रहरीले उद्धार गरेको हो ।
‘मुग्लिन पुलको पिल्लरमा चढी पिल्लरबाट जोडिएको फलामको लठ्ठाबाट हाम फाल्न खोजेको रहेछ,’ जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी द्वारिकाप्रसाद घिमिरेले भने, ‘स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको कमाण्डमा टोलि खटाइयो ।’
क्त टोलिले सम्झाइ बुझाइ गरी पुरुषको उद्धार गरेको घिमिरेले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4