+

एचजेबीएल : हाउण्ड्स र टाइम्स विजयी

२०८२ जेठ  १७ गते २१:१७ २०८२ जेठ १७ गते २१:१७
एचजेबीएल : हाउण्ड्स र टाइम्स विजयी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एचजेबीएलमा हाउण्ड्सले रोएललाई १०२-९२ ले पराजित गरी शीर्ष स्थानमा उक्लियो।
  • टाइम्सले कीर्तिपुरलाई ९१-९० ले पराजित गरी तेस्रो स्थानमा रह्यो।

१७ जेठ, काठमाडौं । हाउण्ड्स एकेडेमी र टाइम्स बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा शनिबार जित हात पारेका छन् ।

कीर्तिपुर कभर्डहलमा भएको खेलमा हाउण्ड्सले रोएललाई १०२-९२ जे पराजित गरेको हो । यो जितपछि हाउण्ड्स ८ खेलबाट १५ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । समान खेलबाट १० अंकसहित चौथो स्थानमा छ ।

खेलको पहिलो क्वाटरमा हाउण्ड्स र रोएल दुवैले समान २५ अंक जोडेका थिए । दोस्रो क्वाटरमा २७-२१ को अग्रता लिँदै हाउण्ड्सले हाफटाइमसम्म ५२-४६ को अग्रता बनाएको थियो । तर तेस्रो क्वाटर रोएलले २५-२३ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्कनले संकेत गरेको थियो ।

चौथो क्वाटरअघिसम्म हाउण्ड्सले ७५-७१ को अग्रता बनाएको थियो । चौथो तथा अन्तिम क्वाटर २७-२१ ले आफ्नो पक्षमा पारेपछि हाउण्ड्सले सहजै खेल जित्यो ।

खेलमा रोएलका लागि प्रसङ मास्केले सर्वाधिक ३७ अंक स्कोर गरेपनि जिताउन सकेनन् । हाउण्ड्सका लागि विजय बुर्जाले ३० अंक स्कोर गरे । हाउण्ड्सका उजेन नोर्वु गुरुङ मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।

यस्तै शनिबारै भएको पहिलो खेलमा टाइम्सले कीर्तिपुरमाथि एक अंकको रोमाञ्चक जित हात पारेको छ । कीर्तिपुरका निश्चल महर्जन एक्लैले ४३ अंक जोडेपनि टाईम्सले कीर्तिपुरलाई ९१-९० ले पराजित गरेको हो । अन्तिम क्वाटरमा कीर्तिपुरले सानदार पुनरागमन गरेपनि जितसम्म पुग्न सकेन ।

टाईम्सका लागि मोस्ट भ्यालुएबल प्लेअर बनेका सदिश प्रधानले २७ अंक स्कोर गरे ।

टाईम्सले पहिलो क्वाटरमा २९-११ को अग्रता लिएको थियो भने दोस्रो क्वाटरमा दुवैले समान २६ अंक जोडेको थियो । तेस्रो क्वाटर कीर्तिपुरले २५-२२ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्कने संकेत गरेको थियो ।

चौथो तथा अन्तिम क्वाटरमा कीर्तिपुरले घरेलु दर्शकको समर्थनमा सानदार प्रदर्शन टाइम्सलाई टक्कर दिएको थियो । अन्तिम क्वाटर कीर्तिपुरले २८-१४ ले आफ्नो पक्षमा पारेपनि खेल जित्न भने सकेन ।

जितपछि टाइम्सले ८ खेलबाट १३ अंक जोडेको छ र तेस्रो स्थानमै छ । कीर्तिपुर ८ खेलबाट १० अंकसहित पाँचौ स्थानमा छ । लिगमा आइतबार एकमात्र खेलमा गोल्डेनगेट र सामाखुशी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

एचजेबीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय