+
+
Shares

माधव नेपालको सांसद पद निलम्बनका लागि संसद् सचिवालय पुग्यो पत्र

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते १४:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
  • माधवकुमार नेपालको सांसद पद् स्वतः निलम्बनमा परेको छ र सभामुखले बैठकमा पत्र पढेर सुनाउने छन्।
  • पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

२२ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता गरेसँगै उनको सांसद पद निलम्बनका लागि पत्र संसद्‍ सचिवालय पुगेको छ ।

पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पद् स्वतः निलम्बनमा परेको छ ।

संसद् सचिवालयमा दर्ता भएको पत्र सभामुख देवराज घिमिरले प्रतिनिधिसभाको बिहीबारको बैठकमा पढेर सुनाउने छन् ।

अख्तियारले पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

पतञ्जली जग्गा प्रकरण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?