+
+
Shares

कतै तपाईको बच्चाले एआईबाट होमवर्क सारिरहेको त छैन ? यसरी पत्ता लगाउनुहोस्

ब्राउजरको सर्च हिस्ट्री जाँच गरेर तपाईंले आफ्नो बच्चाले च्याट जिपिटी तथा गुगल जेमिनाईजस्ता एआई टूलको प्रयोग गरेको छ कि छैन भन्ने थाहा पाउन सक्नुहुन्छ।यदि तपाईको बच्चाले क्रोम ब्राउजर प्रयोग गरिरहेको छ भने, तपाईं त्यसको क्रमो हिस्ट्री हेरेर सजिलै पत्ता लगाउन सक्नुहुन्छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १९ गते १३:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिभावकहरूले बच्चाको होमवर्क जाँच गर्न डिभाइसको इन्टरनेट हिस्ट्री र भाषाको शैली हेर्न सुझाव दिएका छन्।
  • गृहकार्यको गति र उत्तरको स्तरले पनि एआईको प्रयोग पत्ता लगाउन मद्दत गर्दछ।
  • बच्चालाई एआईको प्रयोगबाट बच्न सकारात्मक र शान्त तरिकाले बुझाउन सल्लाह दिइन्छ।

काठमाडौं। आजकल अधिकांश मानिसहरूले विभिन्न काम तथा जानकारीका लागि आर्टिफिसियल इन्टेलिजेन्स टूलहरुको प्रयोग गरिरहेका हुन्छन्।

युवायुवतीदेखि वृद्धवृद्धा मात्र होइन बालबालिकामा पनि एआइ प्लाटफर्महरुको प्रयोग बढिरहेको छ। वास्तवमा कार्यालयको काममा सहायता लिनेदेखि लिएर फोटो वा भिडियो बनाउने काममा समेत एआई निकै उपयोगी बनिरहेको छ ।

यहाँसम्म कि केही बच्चाहरूले त विद्यालयको गृहकार्य गर्न समेत एआईकै प्रयोग गर्न थालेका छन्। वास्तवमा एआईले विद्यार्थीका सबै प्रश्नहरूको उत्तर दिन सक्छ र बच्चाहरूले यसको फाइदा पनि उठाउन सक्छन्। तर एआईबाट उत्तरको प्राप्त गरी त्यसलाई सारेर होमवर्क तयार पार्ने बानी बालबालिकाका लागि प्रत्युत्पादक बन्दछ।

विज्ञहरुका अनुसार एआई प्रयोग गरेर होमवर्क गर्ने बच्चाको सोच्ने र बुझ्ने क्षमतामा नकारात्मक असर पर्न सक्छ। एआईको अत्यधिक प्रयोगले विद्यार्थीमा परीक्षा समयमा लेख्ने गति पनि कम हुन सक्छ। किनभने उसलाई एआई बाट सिधै उत्तर नक्कल गरेर जस्ताको तस्तै सार्ने बानी लागेको हुन्छ।

त्यसैले, अभिभावकहरूले आफ्ना बच्चाहरूले होमवर्क गर्दा एआई टूलको सहायता त लिइरहेका छैनन् भन्ने कुरामा ध्यान दिनुपर्छ।

त्यो पत्ता लगाउनका लागि तपाईंले विभिन्न तरिकाहरू अपनाउन सक्नुहुन्छ। आउनुहोस्, ती उपायहरू के-के हुन् भन्ने बारेमा जानौँ।

डिभाइस तथा इन्टरनेट हिस्ट्री जाँच्नुहोस्

अहिलेका धेरै बालबालिकाहरुले ट्याब्लेट, स्मार्टफोन वा ल्यापटप प्रयोग गरेर आफ्नो विद्यालयको गृहकार्य गर्ने गर्छन्। यदि तपाईंलाई आफ्नो बच्चाले एआईको सहायतामा गृहकार्य गरिरहेको छ भन्ने शंका लागेको छ भने उसले प्रयोग गरिरहेको डिभाइसको ब्राउजर हिस्ट्री हेर्नु उपयुक्त हुन्छ।

ब्राउजरको सर्च हिस्ट्री जाँच गरेर तपाईंले आफ्नो बच्चाले च्याट जिपिटी तथा गुगल जेमिनाईजस्ता एआई टूलको प्रयोग गरेको छ कि छैन भन्ने थाहा पाउन सक्नुहुन्छ।यदि तपाईको बच्चाले क्रोम ब्राउजर प्रयोग गरिरहेको छ भने, तपाईं त्यसको क्रमो हिस्ट्री हेरेर सजिलै पत्ता लगाउन सक्नुहुन्छ।

त्यस्तै, यदि बच्चाले फोन प्रयोग गरिरहेको छ भने, तपाईं स्क्रिन टाइममा गएर कुन एप्स बढी प्रयोग गरिएको छ भन्ने हेर्न सक्नुहुन्छ। यसबाट तपाईले आफ्नो बच्चाले होमवर्क गर्नका लागि एआईको सहारा लिएको छ कि आफैँले मेहेनत गरेर तथा पुस्तक पढेर उत्तर लेख्ने गरेको छ भन्ने पत्ता लगाउन सक्नुहुनछ।

यी कुरा ध्यानमा राख्नुहोस्

बच्चाले विद्यालयबाट दिईने गृहकार्यका उत्तरहरु हेरेर पनि तपाईले बच्चाको एआई प्रयोगका बारेमा थाहा पाउन सक्नुहुन्छ । यसक लागि बच्चाले लेख्ने उत्तरहरूको भाषामा ध्यान दिनु पर्छ। एआई टूलको भाषा र मानिसले लेखेको भाषाबीच ठूलो अन्तर हुन्छ। एआई को भाषा प्रायः किताबी शैलीको हुन्छ।

जुन निकै सुद्ध, औपचारिक र कहिलेकाहीँ असाधारण शब्दको समेत प्रयोग भएको हुन्छ। यदि तपाईंका बच्चाले पनि यस्तै किताबजस्तो भाषा प्रयोग गरेर उत्तर लेखिरहेका छन् भने, बुझ्नुस् कि त्यो उत्तर शायद उनले आफैंले लेखेका होइनन्, एआईबाट तयार पारेका हुन सक्छन्।

यदि बच्चाले फोन प्रयोग गरिरहेको छ भने, तपाईं स्क्रिन टाइममा गएर कुन एप्स बढी प्रयोग गरिएको छ भन्ने हेर्न सक्नुहुन्छ। यसबाट तपाईले आफ्नो बच्चाले होमवर्क गर्नका लागि एआईको सहारा लिएको छ कि आफैँले मेहेनत गरेर तथा पुस्तक पढेर उत्तर लेख्ने गरेको छ भन्ने पत्ता लगाउन सक्नुहुनछ।

त्यो कुराको जाँच गर्न तपाईंले बच्चालाई उसले लेखेको त्यही उत्तर पढ्न र बुझाएर व्याख्या गर्न लगाउन सक्नुहुन्छ। यदि उसले राम्रोसँग पढ्न वा बुझाउन सकेन भने, त्यो उसले आफैले नलेखेको र एआईबाट तयार पारेको सम्भावना उच्च हुन्छ।

गृहकार्य गर्ने गति

अभिभावकहरूले बच्चाले कुनै पनि प्रश्न कति छिटो समाधान गरिरहेको छ भन्ने कुरामा ध्यान दिनुपर्छ। यदि उसले कुनै जटिल प्रश्नको उत्तर धेरै नै कम समयमा दिइरहेको छ भने बुझ्नुस् कि त्यो उत्तर सम्भवतः उ आफैले तयार पारेको नभई एआईको सहायताले लेखेको हुनसक्छ।

सामान्यतया, कुनै पनि बच्चालाई उत्तर लेख्न केही समय अवश्य लाग्छ। उत्तर लेख्नका लागि उसले सोच्नुपर्छ, बुझ्नुपर्छ, अनि लेख्नुपर्छ। तर एआईले त्यो भन्दा आधा समयमै उत्तर तयार गर्छ र त्यो पनि निकै राम्रो किताबी भाषा प्रयोग गरेर।

साथै, यस्तो उत्तरमा कहिलेकाहीँ सामान्य गल्तीहरू पनि हुन्छन्, जस्तो कि कुनै अमिल्दा प्रसँग, अनावश्यक कठीन शब्द, वा बच्चाको कक्षाको तह भन्दा निकै उच्चस्तरको उत्तर । त्यसैले अभिभावकहरूले आफ्नो बच्चाले होमवर्क गर्न लगाउने समय, भाषा र उत्तरको स्तर हेरेर सजिलै अनुमान गर्न सक्छन् कि बच्चाले आफ्नै बुद्धिले होमवर्क गरिरहेको छ कि एआईबाट चोरिरहेको छ।

बच्चालाई कस्तो सल्लाह दिने ?

यदि तपाईंको बच्चाले एआईबाट आफ्नो गृहकार्यको उत्तर सारिरहेको थाहा पाउनुभयो भने आक्रामक नबन्नुहोस् । बच्चालाई शान्त र सकारात्मक तरिकाले बुझाउनुहोस् कि एआईबाट नक्कल गर्नु हानिकारक हुन्छ अनि पुस्तक अध्ययन गरेर आफैंले सिक्नु र बुझ्नु अति आवश्यक हुन्छ।

एआईबाट जवाफ नक्कल गरेर मात्र लेख्ने हो भने बच्चाले उक्त विषयको विस्तृत तथा वास्तविक ज्ञान पाउनबाट बञ्चित हुन्छ। यस्तो बानीले बच्चाको शैक्षिक आधार तथा क्षामता कमजोर हुँदै जाने भविष्यमा अल्पज्ञानको सिकार बन्न सक्दछ।

त्यसैले आफ्नो बच्चालाई बुझाउनुहोस् कि अहिलेको उमेर सिक्ने र अभ्यास गर्ने समय हो, न कि एआई जस्तो सजिलो बाटो अपनाएर टार्ने। आफैंले सोँची–बुझी काम गरेमा मात्र आत्मनिर्भर र सफल बन्न सकिन्छ भन्ने कुराको ज्ञान बालबालिकालाई दिनु आवश्यक छ। एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?