+
+
Shares

बाढीले रसुवागढी भन्सारका सामानमा क्षति

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते १०:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवागढीमा आएको बाढीले भन्सारमा रहेका मालसामान र सवारीसाधनमा क्षति पुर्‍याएको छ।
  • महानिर्देशक महेश भट्टराईले केही मालवस्तु र संरचनामा क्षति भएको पुष्टि गरे।
  • बाढीले नयाँ एकीकृत जाँच चौकी र भन्सार यार्डलाई पनि क्षति पुर्‍याएको उनले बताए।

२४ असार, काठमाडौं । रसुवागढीमा आएको बाढीका कारण भन्सारमा रहेका मालसामानमा क्षति पुगेको छ । भन्सार विभागका महानिर्देशक महेश भट्टराईले एकीन विवरण आइनसके पनि केही मालवस्तु र सवारीसाधनमा क्षति पुगेको जानकारी दिए ।

‘रसुवागढीबाट बर्खाको समयमा कम मालसामान आयात हुने हुनाले धेरै थिएन’ उनले भने ‘तर जति थियो, त्यसमा क्षति पुगेको छ ।’ मितेरी पुललगायत रसुवागढीको भन्सार यार्ड पनि बाढीले बगाएको उनले बताए ।

‘रसुवागढीमा नयाँ एकीकृत जाँच चौकी (आईसीपी) बन्दै थियो, त्यो बगाएको छ’ उनले भने । बन्दै गरेको भवनसहित अन्य भौतिक संरचनामा क्षति पुगेको उनले बताए । भन्सारका कर्मचारीहरु भने सुरक्षित छन् ।

रसुवा बाढी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?