+
+
Shares

‘ज्यानमारा नदी’ मा बन्यो झोलुङ्गे पुल

प्रकाश सिंह प्रकाश सिंह
२०८२ साउन ९ गते १३:५०

९ साउन, बाजुरा । बाजुराको हिमाली गाँउपालिका ३ गुम्बा गाउँ जाने बाटोमा पर्ने छिन्दु खोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।

‘ज्यानमारा खोला’का रुपमा परिचित उक्त खोलामा लामो प्रयास पछि खोलामा झोलुङ्ग निर्माण भएको गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले जानकारी दिए । ‘संघ र प्रदेशमा हारगुहार गर्दा गर्दा थाकिसकेका थियौं, बल्ल पुल बनेको छ,’ मल्लले बताए ।

बाजुराको सर्वाधिक विकट गुम्बा गाउँजाने बाटोमा पर्ने छिन्दु खोलामा झोलुङ्गे पुल शहरी विकास मन्त्रालय अन्तर्गत, स्थानीय पूर्वाधार विकासय आयोजना कैलाली बनाएको हो । कार्यलयले १ करोड २८ लाख ९ हजार ९ सयमा ठेक्का गरेको थियो । जगदम्बा, सुर्मासरोवर जेभीले ८४ लाख ७५ हजार १ रुपैयाँमा काम गर्नेगरीसम्झौता गरेको स्थानीय पूर्वाधार विकासय आयोजना कैलालीका सव ईन्जिनियर दिपक पन्तले वताएका छन् ।

पुलको सम्झौता २०७८ साल पुस १४ गते भएको थियो । भौगोलिक विकटता कारण र सामान ढुवानी समस्या भएकोले केही काममा ढिला भएको कार्यलयले जनाएको छ । सडक पहुँचबाट सामान ढुवानी गर्न चार दिन भन्दा बढी समय लाग्ने गरेको थियो, निकै कठिनाइका बीचमा पुल निर्माण गर्न सफल भएको दिपक पन्तले बताए ।

विगतमा खोला तर्ने बेला बगेर बेपत्ता भएको खोलामा पुल निर्माण हुँदा स्थानीय खुसी भएका छन् । ‘१० वर्षमा ७ जना त बगेर बेपत्ता भएका थिए, भेडा, च्याङ्ग्रा, गोरु, भैंसी कति बगे कुनै तथ्यांक छैन्,’ स्थानीय जगत बहादुर लामा भन्छन् ।

छिन्दु खोलामा पुल नहुँदा वर्षेनी मान्छेहरू नदीमा बगेर बेपत्ता हुने गरेका थिए  ।

१० वर्षयता कम्तीमा ७ जना बेपत्ता

छिन्दु खोलामा १० वर्षयता कम्तीमा ७ जनाको नदीमा बगेर बेपत्ता भएको स्थानीय लालु कुबर भोटेले बताए ।

नदी तरेर हिमाली गाँउपालिका ३ गुम्बा, लाम्पाटा गाँउ र हिमाली क्षेत्रमा जाने गर्छन् ।

‘१० वर्षयता मात्र आफूलाई जानकारी भए अनुसार ७ जनाको बगेर बेपत्ता भएका छन्, केही त हामीलाई पनि थाहा छैन,’ स्थानीय जगत लामा भन्छन् ।

छन्देब लामा, फुली गुरुङ्ग, लुलु गुरुङ्ग, फुलमाया कुवर र गुराउसे लामा लगायत यो नदीमा बेपत्ता भएका हुन् ।

‘यो बाटो भएर भेडा, बाख्रा, चौपाया लिएर धेरै जान्छन्, अरुको पनि मृत्यु भएको हुनसक्छ,’ स्थानीय लालु कुँवरले भने ।

मानिस मात्र नभई पशु चौपाया त वर्षेनी धेरै बगाएर मर्ने गरेका थिए । छिन्दु खोला र गुम्बा खोलामा पुल नहुँदा डोरीले तानेर पनि स्थानीय वारपार गर्ने गरेका थिए ।

गुम्बा गाँउमा २६ परिवार र लाम्पाटा गाउँमा १२ परिवार बसोवास गर्ने गरेका छन् । पर्यटकीय क्षेत्र रानिसैन जाने बाटो पनि यहिँ भएर जाने गर्छन् । वर्षातका ४ महिना त गुम्बा र बाजुराको सम्पर्क बिच्छेदनै हुने गरेको थियो । पुल निर्माण पछि भने निकै सहज भएको छ ।

लेखक
प्रकाश सिंह

परोपकारी पत्रकारितामा रूचि राख्ने सिंह बाजुराका पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?