२५ पुस, काठमाडौं । नेपाली कांग्रेसनिकट इन्जिनयरहरू पनि पार्टीको विशेष महाधिवेशनलाई लिएर पक्षविपक्ष भएका छन् ।
शुक्रबार काठमाडौंमा एक भेला गरेर कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन), नेपाल इन्जिनियर्स एसोसिएसनका वर्तमान तथा पूर्वपदाधिकारीहरु, इन्जिनियरीङ्ग क्षेत्रबाट प्रतिनिधित्व गर्ने महासमिति तथा महाधिवेशन प्रतिनिधिहरूले ईन्जिनियर तथा आर्किटेक्टहरूको एक पक्षको भेलाले विशेष महाधिवेशनको पक्षमा खुल्ने निष्कर्ष निकालेको हो ।
विशेष महाधिवेशनबाट पार्टीले तय गर्ने नीतिहरूमा प्रविधि र पुर्वाधरसम्बन्धी मुद्दा तथा सरोकारबारे सुझाव संकलन गरिएको सिडेनका निवर्तमान उपाध्यक्ष उमेश धितालले जानकारी दिए ।
इन्जिनियरीङ्ग पेशा, व्यवसाय तथा सम्मुनत नेपाल निर्माणका सन्दर्भमा पार्टी र राज्यले लिने नीतिहरूबारे छलफल गरिएको र ती विषयहरू महाधिवेशनमा उठान गरिने धितालको भनाइ छ ।
इन्जिनियरिङ पृष्ठाभूमीका भुगोलबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरू दिपकबाबु कँडेल,लक्ष्मण केसी, डा.हरिबहादुर दर्लामी, महासमिति सदस्य अमृत ज्ञवाली, बोदराज दाहाल, शकलदेव सुतियारलगायतले यस अघिनै विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका थिए ।
साथै सीडेनबाट प्रतिनिधित्व गर्ने महासमिति सदस्य धनेन्द्र केसी तथा डा. मन्दीप सुवेदी, दिपेश बिष्टसमेत विशेष महाधिवेशन अभियानमा सक्रिय भएको धितालले जानकारी दिए । सीडेनका अध्यक्ष रविभूषण झा भने विशेष महाधिवेशनको पक्षमा छैनन् । उनी पार्टी संस्थापननिकट मानिन्छन् ।
प्रतिक्रिया 4