+
+
Shares

७ भाइमध्येका गोपालमानको घोषणा : शेरबहादुर तानाशाह बन्नुभयो, विशेषको पक्षमा लागेँ

‘म अब विशेष महाधिवेशनको पक्षमा खुल्ने होइन पुरै लाग्ने हो,’ उनले अनलाइनखबरसँग भने, ‘मैले १४औं महाधिवेशनमा प्रस्तावक बनेर गल्ती गरेछु । उहाँ तानाशाह बन्नुभयो । मनपरी गर्नुभयो ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २६ गते १५:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले विशेष महाधिवेशनको पक्षमा खुलेर सभापति देउवाको समूह छोड्ने निर्णय गरेका छन्।
  • गोपालमानले सिंगापुरबाट फर्केपछि देउवाले सबै अधिकार लिएर आफूलाई मनपरी गरेको आरोप लगाएका छन्।
  • उनले विशेष महाधिवेशन सफल बनाउन आफूले पूरै सहयोग गर्ने र गगनकुमार थापासँग छलफल गरेको बताए।

२६ पुस, काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ पनि विशेष महाधिवेशनको पक्षमा खुलेका छन् ।

शनिबार आफ्नै निवासमा भेट्न आएका महामन्त्री गगनकुमार थापासँगको छलफलपछि आफू सभापति शेरबहादुर देउवाको समूह छोड्ने निष्कर्षमा पुगेको बताए ।

‘म अब विशेष महाधिवेशनको पक्षमा खुल्ने होइन पुरै लाग्ने हो,’ उनले अनलाइनखबरसँग भने, ‘मैले १४औं महाधिवेशनमा प्रस्तावक बनेर गल्ती गरेछु । उहाँ तानाशाह बन्नुभयो । मनपरी गर्नुभयो ।’

उनले सभापति शेरबहादुर देउवा कार्यवाहक सभापति दिएर सिंगापुर गएर फर्किएपछि पूरै अधिकार लिएको भन्दै आपत्ति जनाए । उनले आफूले देउवालाई संकटमा साथ दिएको पनि बताए ।

‘सिंगापुर जानुअघि कार्यवाहक दिएँ भन्नुभयो । आएपछि अधिकार सबै लिनुभयो । आफ्नो अर्काको चिन्नुभएन । संकटमा साथ दिएकाको साथ छोड्नुभयो,’ उनले भने, ‘अब विशेष महाधिवेशन सफल गर्न मेरो पूरै सहयोग हुन्छ । आज गगन मेरै निवास(कुलेश्वर आवास क्षेत्र)मा आउनु भएको थियो । विश्वसँग फोनमा कुरा गरेँ । सहयोग गर्ने निर्णय गरेँ ।’

कांग्रेसमा गोपालमानसहित ७ भाइ सभापति देउवाको पक्षमा खुलेका थिए । सात भाइहरूमा गोपालमानसहित कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा शशांक कोइराला, प्रकाशमान सिंह, विजय गच्छदार र प्रकाशशरण महत छन् ।

गोपालमानबाहेक अन्य नेता भने अहिले पनि विशेष महाधिवेशनको विपक्षमा छन् ।

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?