२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी लास र दासहरूको पार्टी नभएको बताएका छन् । पार्टीको विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘कांग्रेस दास र लासहरूको पार्टी होइन । कांग्रेस ज्युँदो मानिसहरूको पार्टी हो । यहाँ प्रश्न मरेको छैन ।’
उनले महाधिवेशन चलिरहँदा सभापति देउवासहित केही नेताहरूबिच छलफल चलिहरेको समाचार पढेबो भन्दै उनले सभापतिलाई सुझाव दिनेहरूले गलत भनिरहेको बताए ।
थापाले पार्टीको नीति र नेतृत्व बदलिने घोषणा पनि गरे । महाधिवेशन प्रतिनिधिहरुले नै नीति र नेतृत्व बदल्न चाहेको बताउँदै थापाले भने, ‘प्रतिनिधिहरुले नीति पनि बदल्ने नेता पनि बदल्ने भनेर माग्नु भएको छ । यो कहाँ गएर टुंगिन्छ । मलाई थाहा छैन ।’
कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4