+
+
Shares

कांग्रेस विशेष महाधिवेशन लम्बियो

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १७:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ।
  • महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल जारी छ।
  • महाधिवेशनमा छलफलपछि मात्रै नेतृत्व चयन प्रक्रिया अगाडि बढ्नेछ।

२८ पुस, काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल चलिरहँदा महाधिवेशन मंगलबारसम्म लम्बिएको हो ।

आइतबारदेखि चलेको महाधिवेशन मंगलबारसम्म लम्बिएको विशेष महाधिवेशन प्रचार-प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंले जानकारी दिए ।

उनले भने, ‘महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहेको छ । यो क्रम मंगलबार पनि चल्नेछ । त्यसपछिमात्र नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने छ ।’

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?