+
+
Shares

निर्वाचन समितिले भन्यो : उम्मेदवारी दर्ता गर्न नगद ल्याउनू, क्यूआर चल्दैन

उम्मेदवारी दर्ता ५ बजेपछि मात्रै हुने जानकारी दिँदै समितिका कर्मचारीले भने, ‘दर्ता शुल्क नगदै ल्याउनुपर्छ क्युआर चल्दैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १५:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले मनोनयन प्रक्रिया अघि बढाएको छ र उम्मेदवारलाई मनोनयन शुल्क नगरी दर्ता गर्न भनिएको छ।
  • महाधिवेशन प्रतिनिधिको ५४ प्रतिशत मागअनुसार महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका छन्।
  • सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र विशेष महाधिवेशन पक्षका नेताबीच वार्ता सुरु हुँदैछ।

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले मनोनयन प्रक्रिया अघि बढाएको छ । निर्वाचन समितिले उम्मेदवार बन्न चाहनेहरूलाई मनोनयन शुल्क नगदै लिएर आउन पनि भनेको छ ।

उम्मेदवारी दर्ता ५ बजेपछि मात्रै हुने जानकारी दिँदै समितिका कर्मचारीले भने, ‘दर्ता शुल्क नगदै ल्याउनुपर्छ क्युआर चल्दैन ।’

कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन् ।

आइतबारदेखि विशेष महाधिवेशन जारीछ । उता संस्थापन समूहका नेताहरू भने केन्द्रीय समिति बैठकमा छन् । त्यस्तै सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र विशेष महाधिवेशन पक्षका नेताहरूबीचको वार्ता पनि सुरु हुँदैछ ।

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?