News Summary
Generated by OK AI. Editorially reviewed.- अफगानिस्तानले यूएईको दुबईमा वेस्ट इन्डिजलाई ३८ रनले पराजित गर्दै टी-२० शृंखलामा १–० को अग्रता लिएको छ।
- अफगानिस्तानले २० ओभरमा ३ विकेट गुमाएर १८१ रन बनाएको थियो, इब्राहिम जाद्रानले ८७ र दरविश रसुलीले ८४ रन बनाए।
- वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनायो, जिया उर रहमानले ३ विकेट लिए भने राशिद खानले २ विकेट लिए।
६ माघ, काठमाडौं । यूएईमा सुरु भएको अफगानिस्तान र वेस्ट इन्डिजबीचको टी-२०आई शृंखलाअन्तर्गत दुबईमा भएको पहिलो खेलमा अफगानिस्तान विजयी भएको छ ।
अफगान टिमले वेस्ट इन्डिजलाई ३८ रनले पराजित गरेको हो। आगामी महिनामा हुने टी–२० विश्वकपको तयारीस्वरूप भएको यस खेलमा अफगानिस्तानले बलियो प्रदर्शन गर्यो।
अफगानिस्तानले दिएको १८२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनायो । क्वेन्टिन स्याम्पसनले सर्वाधिक ३० रन बनाए । गुडाकेश मोटीले २८, जोनसन चार्ल्सले २७ तथा म्याथ्यु फोर्डेले २५ रन बनाए ।
अफगानिस्तानको बलिङआक्रमण घातक बन्यो । जिया उर रहमानले ३ विकेट लिए भने कप्तान राशिद खान, मुजीब उर रहमान र नूर अहमदले २-२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ३ विकेट गुमाएर १८१ रन बनाएको थियो। इब्राहिम जाद्रानले ५६ बलमा अविजित ८७ रन बनाए भने दरविश रसुलीले ८४ रनको उत्कृष्ट इनिङ्स खेले।
सुरुआतमै दुई विकेट गुमाएपछि यी दुईले तेस्रो विकेटका लागि १६२ रनको साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए ।
यस जितसँगै अफगानिस्तानले ३ खेलको शृंखलामा १–० को अग्रता लिएको छ।
प्रतिक्रिया 4