पड्काउनु पर्दैन कसैको कन्चटमा बन्दुक
कुल्चिनु पर्दैन आफ्नै सन्ततिको लास
खरानी उडाउनु पर्दैन न्यायको मन्दिर
बेर्नु पर्दैन शिरमा रातो कफन
बाँध्नु पर्दैन पाखुरामा कालो पट्टी
बोक्नु पर्दैन सडकमा ब्यानर
उचाल्नु पर्दैन हातमा प्लेकार्ड
ओसार्नु पर्दैन गाडीमा मान्छे
गर्नु पर्दैन तमासा माइतीघर मण्डलामा
दहन गर्नु पर्दैन कसैको पुत्ला
फुक्नु पर्दैन उल्टो फर्काएर शङ्ख
बान्ता गर्नु पर्दैन फेसबुकमा तिरस्कार
केवल तिमीले आफूले आफूलाई नबेचे मात्रै पुग्छ
तिमी कसैको ढाल नबने पुग्छ
तिमी कसैको तरबार नबने पुग्छ
तिमीले तिम्रै हातमा भएको सानो स्वस्तिक चिह्नको
ठूलो शक्ति बुझे पुग्छ
अब जन्मिन्छ राज्यसत्ता
स्वस्तिक छापबाट
बन्दुकको नालबाट होइन ।
सप्ताहान्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4