+

नेपाल बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

२०८३ जेठ  ५ गते १५:१२ २०८३ जेठ ५ गते १५:१२
नेपाल बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामाविरुद्ध साधारणसभा सदस्यहरूले अविश्वास प्रस्ताव दर्ता गरेका छन्।
  • सदस्यहरूले महासंघमा आर्थिक अपारदर्शिता, कुशासन, खेलाडीका मागको बेवास्ता र विधान उल्लंघन भएको आरोप लगाएका छन्।
  • सदस्यहरूले छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न र साधारणसभा काठमाडौंमै गर्नुपर्ने माग गरेका छन्।

५ जेठ, काठमाडौं । नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामाविरुद्ध साधारणसभा सदस्यहरूले अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।

सदस्यहरूले महासंघमा आर्थिक अपारदर्शिता, कुशासन, खेलाडीका मागको बेवास्ता र विधान उल्लंघन भएको आरोप लगाएका छन् ।

अध्यक्ष र महासचिवको मनोमानीका कारण नेपालमा चेस सीमित घेरामा खुम्चिएको, वैदेशिक प्रतियोगितामा छनोटमा मनोमानी भएको र महासंघ प्रशासनिक रूपमा समेत असफल भएको उनीहरूको दाबी छ।

महासंघको आफ्नै कार्यालय नभएको, नियमित अडिट नगरेको, वार्षिक नीति तथा कार्यक्रम साधारणसभाबाट पास नगराएको र कार्यसमितिका निर्णय कार्यान्वयन नभएको आरोप पनि लगाइएको छ ।

चार खेलाडीले यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा उजुरी दिएपछि छानबिन समिति गठन भएको उल्लेख गर्दै सदस्यहरूले उक्त प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

साथै, हेटौंडामा तय गरिएको साधारणसभा काठमाडौंमै गर्नुपर्ने मागसमेत गरेका छन्।

अविश्वास प्रस्ताव नेपाल बुद्धिचाल महासंघ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय