+

मलेसियाले नेपाललाई दियो ६८ रनको लक्ष्य

२०८३ जेठ  ६ गते ९:३४ २०८३ जेठ ६ गते ९:३४
मलेसियाले नेपाललाई दियो ६८ रनको लक्ष्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मलेसियाले एसियन गेम्सको तयारीका लागि नेपाललाई पहिलो महिला टी-२०आई खेलमा ६८ रनको लक्ष्य दिएको छ।
  • मलेसियाले १६.५ ओभरमा ६७ रन बनाउँदै अलआउट भएको थियो।
  • नेपालका पूजा महतोले ४ ओभरमा १३ रन दिएर ३ विकेट लिए।

६ जेठ, काठमाडौं । एसियन गेम्सको तयारीका लागि भइरहेको नेपाल र मलेसियन महिला टोलीबीचको पहिलो टी-२०आई खेलमा मलेसियाले नेपाललाई ६८ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा अलआउट हुँदै ६७ रन मात्र बनाएको हो ।

मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक १० रन बनाइन् । कप्तान मास एलिसाले ८ तथा माहिरा इजाती र एर्दिना बेलले समान ७ रन बनाए ।

नेपालका लागि पूजा महतोले ४ ओभरमा १३ रन दिएर ३ विकेट लिइन् । रिया शर्मा र मनिषा उपाध्यायले २-२ विकेट लिँदा कविता कुँवर र सीता राना मगरले १-१ विकेट लिए ।

नेपाली महिला क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय