+

सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन भुवन शीर्षस्थानमा

२०८३ जेठ  ७ गते १९:५४ २०८३ जेठ ७ गते १९:५४
सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन भुवन शीर्षस्थानमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन भुवन नगरकोटी समग्रमा ११-अन्डर १ सय ९३ को स्कोरमा शीर्षस्थानमा रहेका छन्।
  • शुक्र बहादुर राई समग्रमा ८-अन्डर १ सय ९६ को स्कोरसहित दोस्रो स्थानमा रहेका छन् भने निरज तामाङ र धन बहादुर थापा संयुक्तरुपमा तेस्रो स्थानमा छन्।
  • प्रतियोगितामा ५२ खेलाडी सहभागी छन् र कुल पुरस्कार राशी ७ लाख १० हजार रहेको छ, विजेताले १ लाख ३० हजार प्राप्त गर्नेछ।

७ जेठ, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन भुवन नगरकोटी समग्रमा ११-अन्डर १ सय ९३ को स्कोरमा शीर्षस्थानमा रहेका छन् ।

आज ३-अन्डर ६५ को स्कोर बनाएका भुवनले शुक्र बहादुर राईलाई ३ स्ट्रोकले पछि पारे। इभन-पार ६८ को स्कोरमा समग्रमा ८-अन्डर १ सय ९६ सहित शुक्र दोस्रो स्थानमा तल झरे। हिजो उनी भुवनसँगै संयुक्तरुपमा शीर्षस्थानमा रहेका थिए।

समग्रमा ७-अन्डर १ सय ९७ को स्कोर‌मा नेपाल नम्बर एक निरज तामाङ र धन बहादुर थापा संयुक्तरुपमा तेस्रो स्थानमा रहे। निरजले ६-अन्डर ६२ को उत्कृष्ट स्कोर निकाले। धनले २-अन्डर ६६ मा तेस्रो दिनको खेल सकाए।

समग्रमा ५-अन्डर १ सय ९९ सहित एमेच्योर राहुल विश्वकर्मा तथा प्रो गल्फरहरू रामे मगर र दिनेश प्रजापतिले संयुक्तरुपमा पाँचौ स्थान बाँडे। राहुलले ३-अन्डर ६५ मा तथा रामे र दिनेशले समान २-अन्डर ६६ को कार्ड बनाए।

यस्तै ६-अन्डर ६२ को उत्कृष्ट नतिजामा टंक बहादुर कार्की समग्रमा ४-अन्डर २०० सहित आठौं स्थानमा उक्लिए। समग्रमा २-अन्डर २ सय २ सहित रवि खड्का नवौं स्थानमा छन्। आज उनले २-अन्डर ६६ को स्कोर बनाए। २-ओभर ७० खेलेका भुवन कुमार रोक्का समग्रमा १-अन्डर २ सय ३ सहित दशौं स्थानमा छन्।

समग्रमा पाँचौं स्थानमा रहेका राहुल एमेच्योरतर्फ शीर्षस्थानमा छन्। उनले स्वप्निल भट्टराईलाई ५ स्ट्रोकले पछि पारे। समग्रमा इभन-पार २ सय ४ खेलेका उनले आज १-ओभर ६९ मा खेल सकाए। तेस्रो दिन १-अन्डर ६७ खेलेका कवि थापा समग्रमा ४-ओभर २ सय ८ को नतिजा तेस्रो स्थानमा छन्।

शीर्षस्थानमा एकल अग्रता बनाएका भुवनले फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाउने क्रममा पहिलो,चौथौ र पाँचौ होलमा बर्डी प्रहार गर्दा आठौं होलमा बोगी खेपे। यसपछि १० औं र ११ औं होलमा एक-एक सट बचाए। १६ औं होलको बोगीले ब्याक नाइन १-अन्डर ३३ मा पुरा गरे।

शुक्रले फ्रन्ट र ब्याक नाइन दुवै इभन-पार ३४ मा सकाए। उनले पहिलो र चौथो होलमा एक-एक सट बचाउँदा तेस्रो र छैटौं होलमा बोगी खेपे। यसपछि १३ औं होलमा बर्डी र १६ औं होलमा बोगीको सामना गरे।

निरजले बोगी रहित फ्रन्ट नाइन खेल्दै चार बर्डी प्रहार गरे। पहिलो, दोस्रो, चौथो र आठौं होलको बर्डीले फ्रन्ट नाइन ४-अन्डर ३० मा सकाए। यसपछि १० औं , ११ औं र १३ औं होलमा बर्डीको सफलता प्राप्त गरेका उनले १६ औं होलमा एक सट खेर फाले। ब्याक नाइन २-अन्डर ३२ मा सकाए।

धनले फ्रन्ट र ब्याक नाइन १-अन्डर ३३ मा पुरा गरे। तेस्रो होलमा बोगी खेलेका उनले चौथो र आठौं होलमा बर्डी प्रहार गरे। यसपछि १४ औं र १५ औं होलमा एक-एक सट बचाउँदा १६ औं होलमा बोगी खेपे।

सूर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपालद्वारा आयोजित ७२ होलको चार दिने प्रतियोगितामा कूल ५२ खेलाडी प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख १० हजार रहेको छ। विजेताले १ लाख ३० हजार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश ९० हजार र ७० हजार प्राप्त गर्नेछन्।चौथो र पाँचौं हुने खेलाडीले ५५ हजार र ४६ हजार हात पार्नेछन्। साथै, उत्कृष्ट १८ मा पर्न सफल अन्य प्रोफेसनल खेलाडीले पुरस्कार प्राप्त गर्नेछन्।

सूर्य नेपाल च्यालेन्ज गल्फ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय