News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं हक्सले नेपाल फ्लाइङ डिस्क फेडेरेशनद्वारा आयोजित हिमालयन स्पिरिट कपको उपाधि जितेको छ।
- फाइनल खेलमा काठमाडौं हक्सले फ्रिस्बी फ्यान्टमलाई १०–८ गोल अन्तरले पराजित गरेको हो।
- काठमाडौं हक्सका मिंगमार लामाले ७ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे।
९ जेठ, काठमाडौं । नेपाल फ्लाइङ डिस्क फेडेरेशनद्वारा आयोजित हिमालयन स्पिरिट कपको उपाधी काठमाडौं हक्सले जितेको छ ।
फाइनल खेलमा फ्रिस्बी फ्यान्टमलाई १०–८ गोल अन्तरले पराजित गर्दै काठमाडौं हक्सले उपाधि जितेको हो ।
काठमाडौं हक्सका लागि मिंगमार लामाले शानदार प्रदर्शन गर्दै ७ गोल गरे। ताशी ल्हामुले २ गोल तथा सिद्धार्थ भट्टराईले १ गोल थप्दै टोलीलाई जित दिलाए ।
फ्रिस्बी फ्यान्टमका लागि प्रकाश खत्रीले ३ गोल गरे भने सृजन खड्का र श्रेयास खड्काले २-२ गोल गरे। बाबिन तामाङले १ गोल थपेका थिए ।
प्रतियोगिताले नेपालमा अल्टिमेट फ्रिस्बी खेलको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।
प्रतिक्रिया 4