+
+
Shares

‘मिस नेपाल’ को फिनालेमा सहभागी हुन ‘मिस कस्मो’ नेपाल आउँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते १३:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १६ साउनमा आयोजना हुन लागेको मिस नेपाल २०२६ को ग्रान्ड फिनालेमा मिस कस्मो २०२५ योलिना लिन्डक्विस्ट र टोली सहभागी हुन काठमाडौं आउने भएका छन्।
  • मिस कस्मो २०२५ की रनरअप चेल्सी फर्नान्डेज र सीइओ ट्रान्भियट बाओ होङ पनि फिनालेको पूर्वसन्ध्यामा काठमाडौं आउने द हिडन ट्रेजरले जनाएको छ।
  • मिस नेपालको अडिसन सोमबारदेखि नेपालगञ्जबाट सुरु हुँदैछ र पहिलोपटक विश्वप्रसिद्ध सौन्दर्य प्रतियोगिता संस्था काठमाडौंमा उपस्थित हुने छ।

काठमाडौं । १६ साउनमा आयोजना हुन लागेको मिस नेपाल २०२६ को ग्रान्ड फिनालेमा सहभागी हुन वर्तमान मिस कस्मोसहितको टोली नेपाल आउने भएको छ ।

मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरले आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो । निर्देशक प्रमोद कंशाकारका अनुसार मिस कस्मो २०२५ योलिना लिन्डक्विस्ट, मिस कस्मो २०२५ की रनरअप चेल्सी फर्नान्डेज र मिस कस्मोका सीइओ ट्रान्भियट बाओ होङ आउन लागेका हुन् ।

फिनालेको पूर्वसन्ध्यामा उनीहरू काठमाडौंमा आउनेछन् । केही दिनको नेपाल बसाइमा उनीहरूले केही पर्यटकीय सम्पदाको घुमघाम गर्ने बुझिएको छ ।

उनीहरू आउने जानकारी दिँदै द हिडन ट्रेजरले भनेको छ, ‘पहिलोपटक विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता संस्था काठमाडौंमै उपस्थित भएर नेपालको नयाँ पुस्ताका प्रतिभाशाली र सक्षम महिलाले ताज लगाउने समारोहको साक्षी बन्ने छ ।’

‘यो ऐतिहासिक सहकार्यले नेपालको संस्कृति, प्रतिभा र विश्वमञ्चमा आफूलाई प्रस्तुत गर्न तयार असाधारण नेपाली महिलामाथि विश्वको ध्यान केन्द्रित गराउनेछ’ संस्थाले भनेको छ, ‘संसारको छानोबाट विश्वमञ्चतर्फ अघि बढिरहेका नेपाली महिलाको क्षमता अब अन्तर्राष्ट्रिय रूपमा झन् उजागर हुने विश्वास गरिएको छ ।’

यसवर्षको मिस नेपालको अडिसन सोमबारदेखि नेपालगञ्जबाट सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?