+
+
Shares

पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एन्ड द वाइल्ड क्याट’ पुस्तक सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते १८:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीद्वारा लिखित अंग्रेजी उपन्यास ‘मिट्टी एन्ड द वाइल्ड क्याट’ शनिबार काठमाडौंमा सार्वजनिक भएको छ।
  • आफ्ना नातिलाई समर्पित यस पुस्तकले चराचुरुङ्गी र जनावरको अन्तरक्रियामार्फत समानुभूति, सहकार्य र प्रेमको सन्देश प्रवाह गरेको छ।
  • कुल १६८ पृष्ठ रहेको यस पुस्तकको मूल्य ५५६ रुपैयाँ तोकिएको छ।

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीको ‘मिट्टी एन्ड द वाइल्ड क्याट’ नामक नयाँ पुस्तक सार्वजनिक भएको छ।

काठमाडौंको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा शनिबार एक कार्यक्रमका बीच उक्त पुस्तक सार्वजनिक गरिएको हो ।

देशको अन्तरिम सरकारको नेतृत्व गरिरहेको सबैभन्दा चुनौतीपूर्ण समयमा पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीले यो पुस्तकको सिर्जना गरेकी हुन् ।

आफ्ना नातिलाई समर्पित गरेको यस पुस्तकले अपार प्रेम, आशा र सकारात्मकताको सन्देश दिने विश्वास कार्कीको छ ।

चराचुरुङ्गी र जनावरहरूबीचको अन्तरक्रियामार्फत उपन्यासले समानुभूति, सहकार्य, प्रेम र पारस्परिक निर्भरताको सन्देश प्रवाह गरेको छ । कौतुहल र मनोरञ्जनले भरिपूर्ण भएकाले कथावस्तु रोचक बनेको छ।

लेखिका सुशीला कार्कीका दुई कृति ‘न्याय’ (संस्मरण) र ‘कारा’ (उपन्यास) नेपाली भाषाका सर्वाधिक बिक्री भएका पुस्तकहरूमा पर्छन् । यसबाहेक उनी चर्चित कृति ‘लैङ्गिक समानता’ र ‘महिलावाद’ (नारीवाद) की पनि लेखक हुन्।

पुस्तक अन्योल र अनिश्चितताको युगमा हुर्किरहेका विश्वभरका बालबालिकाका लागि बहुमूल्य उपहारका रूपमा आएको लेखिकाले बताएकी छिन् ।

एक सय  ६८ पेज रहेको पुस्तकको मूल्य पाँच सय ५६ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?