News Summary
Generated by OK AI. Editorially reviewed.- जापानमा आयोजना हुने एसियन गेम्सका लागि नेपाली पुरुष क्रिकेट टोली छनोट भएको छ ।
- एसियन गेम्स छनोटअन्तर्गत मलेसियाले चीनलाई पराजित गरेसँगै समूह ‘ए’ बाट नेपाल र मलेसिया प्रतियोगिताका लागि छनोट भएका हुन् ।
- नेपाली महिला क्रिकेट टोली भने चीनसँग पराजित भई एसियन गेम्सका लागि छनोट हुन असफल भएको थियो ।
१९ जेठ, काठमाडौं । नेपाली पुरुष क्रिकेट टोली जापानमा हुने एसियन गेम्सका लागि छनोट भएको छ ।
एसियन गेम्स छनोट अन्तर्गत मंगलबार भएको समूह ए को खेलमा मलेसियाले चीनलाई पराजित गरेपछि मलेसियासँगै नेपाल पनि छनोट भएको हो ।
७ टोली सहभागी छनोट प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट शीर्ष २ टोली सेमिफाइनल प्रवेश गर्ने प्रावधान छ भने सेमिफाइनल पुग्ने चारवटै टोली एसियन गेम्समा पुग्छन् ।
नेपालको समूहमा मलेसिया र चीन मात्र थिए । कतारले नाम फिर्ता लिएपछि नेपाल र मलेसियाले एक-एक खेल जित्ने बित्तिकै शीर्ष २ को टुंगो लागेको हो ।
नेपालले आइतबार भएको खेलमा चीनलाई पराजित गरिसकेको थियो । अब नेपाल र मलेसिया बिहिबार समूहविजेता बन्नका लागि खेल्नेछन् ।
नेपाली महिला क्रिकेट टोली भने चीनसँग नै पराजित भएर छनोट हुन असफल भएको थियो ।
प्रतिक्रिया 4