News Summary
Generated by OK AI. Editorially reviewed.- उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले एएफसी महिला च्याम्पियन्स लिग विजेता नाएगोह्याङ महिला फुटबल क्लबका खेलाडीहरूलाई प्योङयाङमा भेटेर बधाई दिएका छन् ।
- नाएगोह्याङ महिला फुटबल क्लबले जापानको टोकियो भर्डी बेलेजालाई १–० ले पराजित गर्दै ऐतिहासिक एएफसी महिला च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।
- नेता किमले सो अवसरमा नाएगोह्याङ र उत्तर कोरियाको यू–१७ महिला राष्ट्रिय टोलीबीचको मैत्रीपूर्ण खेलसमेत अवलोकन गरेका थिए ।
२१ जेठ, काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई भेट्दा उत्तर कोरियाली महिला फुटबल खेलाडी भावुक बनेका छन् ।
एएफसी महिला च्याम्पियन्स लिगको ऐतिहासिक उपाधि जितेको उत्तर कोरियाली क्लब नाइगोह्याङ महिला फुटबल क्लबका खेलाडीहरूलाई नेता किम जोङ उनले यस साता प्योङयाङमा व्यक्तिगत रूपमा स्वागत गर्दा उनीहरु खुसीले भावुक भएका हुन् । किमले उनीहरूलाई अँगालो हाल्दै सामूहिक तस्वीरसमेत खिचाएका थिए ।
नाएगोह्याङ महिला एफसीले मे २३ मा दक्षिण कोरियाको सुवनमा भएको फाइनलमा जापानको टोकियो भर्डी बेलेजालाई १–० ले पराजित गर्दै एएफसी महिला च्याम्पियन्स लिगको उपाधि जितेको थियो । यससँगै यो प्रतियोगिता जित्ने पहिलो उत्तर कोरियाली क्लब बन्न सफल भयो ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार किमले टोलीलाई ऐतिहासिक सफलताका लागि बधाई दिएका थिए ।
उनले नाएगोह्याङ र उत्तर कोरियाको यू–१७ महिला राष्ट्रिय टोलीबीचको मैत्रीपूर्ण खेलसमेत अवलोकन गरेका थिए ।
प्रतिक्रिया 4