+
+
Shares

त्रिवि स्ववियू सभापतिलाई सिनेटबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते १७:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयको सभाबाट केन्द्रीय क्याम्पसका स्ववियू सभापतिलाई पदेन सदस्यबाट हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
  • सरकारले अध्यादेशमार्फत स्ववियू सभापति पदेन सदस्य हुने व्यवस्था हटाएपछि सो निर्णयविरुद्ध स्ववियू सभापति दीपकराज जोशी सर्वोच्च अदालत गएका थिए ।
  • न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिनेबारे छलफल गर्न दुवै पक्षलाई झिकाएको छ ।

२२ जेठ, काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयको सभा (सिनेट) बाट केन्द्रीय क्याम्पसको स्ववियू सभापतिलाई पदेन सदस्यबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको सभामा केन्द्रिय क्याम्पसका सभापति पदेन रुपमा सभाको सदस्यको रुपमा उपस्थित हुने व्यवस्था थियो । सरकारले जारी गरेको अध्यादेशमा स्ववियू सभापति पदेन सदस्य हुने व्यवस्था हटाइएको थियो ।

उक्त व्यवस्थाविरुद्ध स्ववियू सभापति एवं विश्वविद्यालय सभाका सदस्य दीपकराज जोशी सर्वोच्च अदालत गएका थिए ।

न्यायाधीश अवदुल अजीज मुसलमानको इजलासले स्ववियू सभापतिलाई तत्कालका लागि विश्वविद्यालय सभाबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएका हुन् ।

उनले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिनेवारे छलफल गर्न दुवै पक्षलाई झिकाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?