News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवामा आयोजित ३२ किलोमिटर दूरीको ‘लाङटाङ ट्रेल रन २०२६’ को उपाधि मिलन कुलुङ र अन्जुली गुरुङले जितेका छन् ।
- प्रतियोगितामा पुरुषतर्फ मिलनले २ घण्टा १६ मिनेट ४३ सेकेन्ड र महिलातर्फ अन्जुलीले ४ घण्टा ४५ मिनेट ०३ सेकेन्डमा दूरी पार गरे ।
- रसुवा नुवाकोट पर्यटन समाजद्वारा आयोजित यस प्रतियोगितामा जम्मा १०६ जना खेलाडीहरू सहभागी थिए ।
२३ जेठ, रसुवा । ‘लाङटाङ ट्रेल रन २०२६’ को उपाधि मिलन कुलुङ र अन्जुली गुरुङले जितेका छन् ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका अन्तर्गत पर्ने लाङटाङको क्यान्जेन गुम्बादेखि स्याफ्रुबेसीसम्म आज शनिबार भएको ३२ किलोमिटर दूरीको ट्रेल रनमा मिलन पुरुषतर्फ र अन्जुली महिलातर्फ च्याम्पियन बने ।
रसुवा नुवाकोट पर्यटन समाजको आयोजना तथा बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोगमा सम्पन्न उक्त म्याराथनमा ८८ पुरुष र १९ महपला गरी कूल १०६ जना खेलाडी सहभागी भएका थिए ।
पुरुषतर्फ मिलन कुलुङले २ घण्टा १६ मिनेट ४३ सेकेन्डमा दौड पूरा गर्दै पहिलो भयो । धिर बहादुर बुढा २ घण्टा १८ मिनेट ४७ सेकेन्डका साथ दोस्रो, विशाल राई २ घण्टा २० मिनेट ०२ सेकेन्डका साथ तेस्रो, गोपाल तामाङ २ घण्टा २० मिनेट ३९ सेकेन्डका साथ चौथो तथा चन्द्र रावत २ घण्टा ३१ मिनेट ३५ सेकेन्डका साथ पाँचौं स्थानमा रहे ।
महिला प्रतिस्पर्धातर्फ अन्जुली गुरुङले ४ घण्टा ४५ मिनेट ०३ सेकेन्डमा दौड पूरा गर्दै पहिलोभइन् । सुरक्षा तामाङले ४ घण्टा ५९ मिनेट ३५ सेकेण्डमा पुरा गरी दोस्रो भइन् ।
अस्ट्रियन खेलाडी आना लेना फर्टनरले ५ घण्टा ०९ मिनेट १४ सेकेन्डमा दौड पूरा गरि तेस्रो भइन् । चौथो स्थानमा गिता महर्जन(५ घण्टा ३७ मिनेट २८ सेकेन्ड) र पाँचौँ स्थानमा सोनु पौडेल (६ घण्टा १६ मिनेट ४० सेकेन्ड) रहिन् ।

प्रतिक्रिया 4