News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुटिङ संघको आयोजनामा सातदोबाटोमा २७ औं पुरुष तथा २६ औं महिला राष्ट्रिय सुटिङ प्रतियोगिता शुरू भएको छ ।
- तीन दिने प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।
- प्रतियोगितामा १० मिटर एयर राइफल र पेस्तोल विधामा ६ स्वर्ण पदकका लागि ६२ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
२३ जेठ, काठमाडौं । नेपाल सुटिङ संघको आयोजनामा २७ औं पुरुष तथा २६ औं महिला राष्ट्रिय सुटिङ प्रतियोगिता शनिबारदेखि सातदोबाटोस्थित सुटिङ रेन्जमा सुरु भएको छ ।
प्रतियोगितामा पुरुष र महिला १० मिटर एयर राइफल र पेस्तोलको व्यक्तिगत र मिक्स टिममा गरी ६ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको आयोजक संघका महासचिव प्रदीप खातीले जनाएका छन् ।
प्रतियोगिता पुरुषतर्फ ३४ तथा महिलातर्फ २८ खेलाडी सहभागी छन् ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच उद्घाटन गरे । उद्घाटनका अवसरमा आईएसएसएफ र एएससीको डेभलोप्मेन्ट फन्डबाट प्राप्त खेल सामाग्री पनि हस्तान्तरण गरिएको थियो ।
तीन दिने प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।



तस्बीर : ग्लोबल फोटो बैँक
प्रतिक्रिया 4