News Summary
Generated by OK AI. Editorially reviewed.- एभरेष्ट इङलिस स्कुलले यु-१६ राष्ट्रिय विद्यालयस्तरीय जिम्न्याष्टिक प्रतियोगिताको मिक्स टिम इभेन्टमा स्वर्ण पदक जितेको छ ।
- प्रतियोगितामा ३०.१५ अंकसहित विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय दोस्रो र २८.५ अंकसहित एसओएस सानोथिमि तेस्रो भएका छन् ।
- दुईदिने प्रतियोगितामा ६२ विद्यालयका १९६ खेलाडी सहभागी छन् ।
२३ जेठ, काठमाडौं । एभरेष्ट इङलिस स्कुलले यु–१६ राष्ट्रिय विद्यालयस्तरीय जिम्न्याष्टिक प्रतियोगिताको मिक्स टिम इभेन्टमा शनिबार स्वर्ण जितेको छ ।
नेपाल जिम्न्याष्टिक संघ र नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) को संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा एभरेष्टले कूल ३५.९ अंक जोड्यो । एभरेष्टले गर्ल्सतर्फ २९.७५ अंक जोड्दा ब्वाइजतर्फ ६.१५ अंक जोडेको थियो ।
यसैगरी विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय ३०.१५ अंकसहित दोस्रो हुँदा तथा एसओएस, सानोथिमि २८.५ अंक जोडेर तेश्रो भए ।
राष्ट्रिय खेलकुद परिषद हातामा रहेको सेमि कभर्डहलमा भइरहेको दुईदिने प्रतियोगितामा विभागीय टोलीका विद्यालयसहित विभिन्न ६२ विद्यालयका १ सय ९६ खेलाडीको सहभागिता रहेको आयोजक एनएसएसएफका महासचिव राजकुमार कार्कीले जनाएका छन् ।
फ्लोर इभेन्टमा मात्र प्रतिस्पर्धा हुने प्रतियोगितामा पुरुष र महिलामा दुवैमा टिम र व्यक्तिगत गरी ४ स्पर्धामा खेल हुनेछ ।

प्रतियोगिताको शनिबारै बिहान राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।
प्रतिक्रिया 4