+

राष्ट्रिय महिला हक्की फाइभ प्रतियोगिताको उपाधि आर्मीलाई

२०८३ जेठ  २३ गते २१:२५ २०८३ जेठ २३ गते २१:२५
राष्ट्रिय महिला हक्की फाइभ प्रतियोगिताको उपाधि आर्मीलाई

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल आर्मीले गिरिजाप्रसाद कोइराला राष्ट्रिय महिला हक्की फाइभ प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
  • प्रतियोगितामा गण्डकी दोस्रो र मधेस प्रदेश तेस्रो भए ।
  • नेपाल आर्मीकी सविना केसी उत्कृष्ट खेलाडी र मधेस प्रदेशकी लक्ष्मीनिया दास उदीयमान खेलाडी घोषित भए ।

२३ जेठ, काठमाडौं । नेपाल आर्मीले गिरिजाप्रसाद कोइराला राष्ट्रिय महिला हक्की फाइभ प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

गिरिजाप्रसाद कोइराला स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा गण्डकी दोश्रो र मधेस प्रदेश तेश्रो भए ।

शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे ।

आर्मीकी सविना केसी उत्कृष्ट खेलाडी घोषित भइन् भने मधेश प्रदेशकी लक्ष्मीनिया दास उदीयमान खेलाडी चुनिइन् ।

गिरिजाप्रसाद कोइराला राष्ट्रिय महिला हक्की फाइभ प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय