News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल फुल कन्ट्याक्ट कराते महासंघको आयोजनामा प्रथम राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता शनिबार शुरू भएको छ ।
- प्रतियोगितामा सातै प्रदेश, नेपाल आर्मी र एपीएफका १२५ खेलाडी सहभागि छन् ।
- ४ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।
२३ जेठ, काठमाडौं । नेपाल फुल कन्ट्याक्ट कराते महासंघको आयोजनामा प्रथम राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता शनिबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ ।
प्रतियोगितामा सातै प्रदेश, नेपाल आर्मी र एपीएफका १ सय २५ खेलाडीको सहभागिता रहेको आयोजक महासंघका अध्यक्ष सूर्य बुढाथोकीले जनाएका छन् ।
पुरुष खुला र ५५ केजीमुनि तथा महिला खुला र ५० केजीमुनि गरी ४ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । चारै स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।
प्रतिक्रिया 4