+

१९ वर्षीया एन्ड्रिभालाई फ्रेन्च ओपन टेनिसको उपाधि

२०८३ जेठ  २४ गते ७:०३ २०८३ जेठ २४ गते ७:०३
१९ वर्षीया एन्ड्रिभालाई फ्रेन्च ओपन टेनिसको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १९ वर्षीया रुसी खेलाडी मिरा एन्ड्रिभाले फ्रेन्च ओपन टेनिसको उपाधि जितेकी छन् ।
  • एन्ड्रिभा सन् १९९२ मा मोनिक सेलेसपछि फ्रेन्च ओपन टेनिसको उपाधि जित्ने सबैभन्दा कान्छी महिला खेलाडी बनेकी छन् ।
  • उनको करियरको यो पहिलो ग्रान्डस्लाम उपाधि हो ।

२४ जेठ, काठमाडौं । १९ वर्षीया रुसी खेलाडी मिरा एन्ड्रिभाले फ्रेन्च ओपन टेनिसको उपाधि जित्दै करियरको पहिलो ग्रान्डस्लाम जितेकी छन् ।

फ्रेन्च ओपनको महिला एकल फाइनलमा उनले पोल्याण्डकी माजा चालिन्सकालाई ६-३, ६-२ को सोझो सेटमा पराजित गरिन् ।

एन्ड्रिभा सन् १९९२ मा मोनिक सेलेसपछि फ्रेन्च ओपन जित्ने सबैभन्दा कान्छी महिला खेलाडी बनेकी छन् ।

विश्व वरियताको ११४औं स्थानमा रहेकी चालिन्स्का प्रतियोगिता सुरु हुनुअघि ५००-१ को बाहिरी दाबेदार मानिएकी थिइन् । तर उनले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरिन् ।

एक घण्टा २२ मिनेटमा जित सुनिश्चित गरेपछि एन्ड्रिभा भावुक हुँदै कोर्टमै लडेकी थिइन् । त्यसपछि उनी स्ट्यान्डमा पुगेर आफ्नी प्रशिक्षक कोन्चिता मार्टिनेजसँग अंकमाल गरेकी थिइन् । मार्टिनेजले सन् १९९४ मा विम्बल्डन उपाधि जितेकी थिइन् ।

‘सानैदेखि म रोलान्ड गारोस (फ्रेन्च ओपन) हेर्थें र यो ट्रफी जित्ने सपना देख्थें’ जितपछि एन्ड्रिभाले भनिन् ।

फाइनलको सुरुवात दुवै खेलाडीका लागि तनावपूर्ण रह्यो । हावाको प्रभाव र दबाबका कारण लगातार चार पटक सर्भ ब्रेक भएको थियो । सुरुवाती खेलमा अग्रता लिएकी चालिन्स्कालाई १५ हजार दर्शकले भरिएको कोर्टबाट उत्साहजनक समर्थन प्राप्त भएको थियो ।

ग्रान्डस्लाम फ्रेन्च ओपन टेनिस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय