+

विश्वकपअघिको मैत्रीपूर्ण खेलमा जर्मनी, पोर्चुगल, इंग्ल्यान्ड र बेल्जियम विजयी

२०८३ जेठ  २४ गते ९:०५ २०८३ जेठ २४ गते ९:०५
विश्वकपअघिको मैत्रीपूर्ण खेलमा जर्मनी, पोर्चुगल, इंग्ल्यान्ड र बेल्जियम विजयी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ अघिको मैत्रीपूर्ण खेलमा जर्मनीले अमेरिकालाई २-१ र पोर्चुगलले चिलीलाई २-१ गोल अन्तरले पराजित गरेका छन् ।
  • मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई १-० र बेल्जियमले ट्युनिसियालाई ५-० को फराकिलो अन्तरले पराजित गरेका छन् ।
  • स्कटल्यान्डले बोलिभियालाई ४-० ले पराजित गर्दा स्विट्जरल्यान्ड र अस्ट्रेलियाले १-१ को बराबरी खेलेका छन् ।

२४ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ अघिको मैत्रीपूर्ण खेलहरुमा उपाधि दाबेदार टिमहरुले जित हात पारेका छन् । युरोपियन राष्ट्रहरू जर्मनी, पोर्चुगल, इंग्ल्यान्ड र स्कटल्यान्डले जित हात पारेका हुन् ।

जर्मनीले विश्वकप सहआयोजक अमेरिकालाई २-१ ले पराजित गरेको हो । काइ हाभेर्ट्जले दोस्रो मिनेटमै गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । अमेरिकाको लागि एन्टोनी रोबिनसनले ३७औं मिनेटमा बराबरी गोल फर्काएका थिए । तर हाभेर्ट्जकै पासमा लेरोय सानेले ५७औं मिनेटमा गोल गर्दै जर्मनीलाई २-१ को अग्रता दिलाए । त्यसपछि थप गोल भएन ।

पोर्चुगलले घरेलु मैदानमा भएको खेलमा चिलीलाई २-१ ले पराजित गरेको हो । गोन्कालो गुएडेजले ५८औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । ब्रुनो फर्नान्डेसले ७५औं मिनेटमा गोल गरी पोर्चुगलको अग्रता दोब्बर पारे । चिलीका लुकास चेपेडाले दोस्रो हाफको इन्जुरी टाइममा एक गोल फर्काए ।

पहिलो हाफको इन्जुरी टाइममा पोर्चगलका राफेल लिओ र चिलीका इभा रोमनले रातो कार्ड पाएपछि दुवै टोलीले दोस्रो हाफमा १० खेलाडीमा रहेर खेलेका थिए ।

इंग्ल्यान्डले न्युजिल्यान्ड विरुद्ध १-० को साँघुरो जित निकाल्यो । कप्तान ह्यारी केनले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे ।

यसैगरी बेल्जियमले ट्युनिसियालाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ । बेल्जियमका लागि लिएन्ड्रो ट्रोसार्डले २८औं, चार्ल्स डे केटेलाएरले ५३औं, केभिन डे ब्रुएनाले ६५औं, डोडी लुकबाकियोले ८५औं र निकोलस रास्किनले ८७औं मिनेटमा गोल गरे ।

यस्तै स्कटल्यान्डले बोलिभियालाई ४-० ले पराजित गरेको छ । स्कटल्यान्डका लागि चे एडम्सले २ तथा लरेन्स सान्कल्यान्ड र स्कट म्याकटोमिनेले १-१ गोल गरे ।

स्विट्जरल्यान्डले भने अस्ट्रेलियासँग बराबरी खेलेको छ । स्विटजरल्यान्डका डान एनडोयले १४औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर अष्ट्रेलियाका टेटे यङ्गीले ५६औं मिनेटमा बराबरी गोल फर्काए ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय