News Summary
Generated by OK AI. Editorially reviewed.- स्टार खेलाडी लियोनल मेस्सीविना मैदान उत्रिएको विश्व विजेता अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा होन्डुरसलाई २-० गोलले पराजित गरेको छ ।
- युवा खेलाडी एन्ड्रिकको निर्णायक गोलको मद्दतमा ब्राजिलले मैत्रीपूर्ण खेलमा इजिप्टलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।
- बायाँ खुट्टाको ह्यामस्ट्रिङमा मांसपेशीको थकान देखिएकाले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई मैत्रीपूर्ण खेलमा आराम दिइएको हो ।
२४ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ अघिको मैत्रीपूर्ण खेलमा विश्व विजेता अर्जेन्टिनाल र ब्राजिलले जित हात पारेको छ ।
स्टार खेलाडी लियोनल मेस्सीबिनै मैदानमा उत्रिएको विश्वकपको साविक विजेता अर्जेन्टिनाले आइतबार बिहान भएको खेलमा होन्डुरसलाई २-० ले हरायो ।
अर्जेन्टिनाका लाउतारो मार्टिनेजेल ३७औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । जिउलियानो साइमोन ५५औं मिनेटमा अर्जेन्टिनाको लागि दोस्रो गोल गरे ।
मेस्सीले खेलअघि अभ्यास गरेपनि मैदानमा भने उत्रिएनन् । विश्वकपको तयारीलाई ध्यानमा राख्दै मेस्सीलाई मैत्रीपूर्ण खेलमा नखेलाइएको हो ।
उनको बायाँ खुट्टाको ह्यामस्ट्रिङमा मांसपेशीको थकान देखिएकोले आराम दिइएको हो ।
यस्तै एन्ड्रिकको निर्णायक गोलमा ब्राजिलले इजिप्टलाई २-१ ले पराजित गरेको छ ।
ब्राजिलको जितमा ब्रुनो गुमाइरेज र एन्ड्रिकले गोल गरे । इजिप्टका मोस्ताफा जिकोले एक गोल गरे । ब्रुनो गुमाइरेजले आठौं मिनेटमै गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।
इजिप्टका मोस्टाफा जिको ११औं मिनेटमा बराबरी गोल फर्काए । तर एन्ड्रिकले ५३औं मिनेटमा राफिन्हाको पासमा ब्राजिलका लागि विजयी गोल गरे ।
ब्राजिलले स्टार फरवार्ड नेयमारबिना नै इजिप्ट विरुद्ध खेलेको थियो ।
प्रतिक्रिया 4