+

नेपालको होरा ईस्पोर्ट्स टिम ईस्पोर्ट्स विश्वकप २०२६ का लागि छनोट

२०८३ जेठ  २५ गते ११:४९ २०८३ जेठ २५ गते ११:४९
नेपालको होरा ईस्पोर्ट्स टिम ईस्पोर्ट्स विश्वकप २०२६ का लागि छनोट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली पब्जी टिम होरा ईस्पोर्ट्स पब्जी मोबाईल ग्लोबल ओपनमा १२औं स्थान हासिल गर्दै फ्रान्समा हुने ईस्पोर्ट्स विश्वकप २०२६ का लागि छनोट भएको छ ।
  • उक्त प्रतियोगितामा उत्कृष्ट सुरुवात गरे पनि लय गुमाएको होरा ईस्पोर्ट्स अन्ततः शीर्ष १२ भित्र पर्न सफल भएको हो ।
  • यसअघिको पब्जी मोबाइल विश्वकपमा नवौं भएको यस टोलीले १ लाख २७ हजार ५०० अमेरिकी डलर पुरस्कार जितेको थियो ।

२५ जेठ, काठमाडौं । नेपाली पब्जी टिम होरा ईस्पोर्ट्स आगामी ईस्पोर्ट्स विश्वकप २०२६ का लागि छनोट भएको छ ।

पब्जी मोबाईल ग्लोबल ओपन (पीएमजीओ) मा १२औं भएको होरा फ्रान्समा हुने ईस्पोर्ट्स विश्वकपमा छनोट भएको हो ।

पीएमजीओमा दमदार सुरुवात गरेपनि होराले लय गुमाएको थियो । यद्यपी १२औं स्थानभित्र पर्दै विश्वकपमा भने स्थान बनाउन सफल भयो ।

यसअघि भएको पब्जी मोबाइल विश्वकपमा होरा नवौं भएको थियो भने १ लाख २७ हजार ५०० अमेरिकी डलर पुरस्कार जितेको थियो ।

फ्रिफायरतर्फ भने नेपालकै अर्को टिम डीआरएस गेमिङ छनोट भएको छ ।

होरा इस्पोर्ट्स होरा ईस्पोर्ट्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय