+

अंशुमन र वासिफको अर्धशतकमा हङकङको बलियो योगफल

२०८३ जेठ  २५ गते १३:५१ २०८३ जेठ २५ गते १३:५१
अंशुमन र वासिफको अर्धशतकमा हङकङको बलियो योगफल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा हङकङले नेपालविरुद्ध निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको छ ।
  • हङकङका लागि अंशुमन राथले ८० र शाहिद वासिफले ५५ रनको योगदान गरे ।
  • नेपालका तर्फबाट शेर मल्लले चार ओभरमा ३२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।

२५ जेठ, काठमाडौं । अंशुमन राथ र शाहिद वासिफलेे शानदार अर्धशतक बनाएपछि एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा हङकङले नेपालविरुद्ध बलियो योगफल खडा गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको हो । नेपालले १८९ रनको लक्ष्य पूरा गरेमा नेपालको टी-२०आईमा कीर्तिमानी रन चेज हुनेछ ।

हङकङका लागि अंशुमन राथले ४५ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८० रन बनाए । शाहिद वासिफले २८ बलमा ५५ रन बनाए । शिव माथुरले २६ रन बनाए ।

नेपालका लागि शेर मल्लले ४ ओभरमा ३२ रन दिएर ४ विकेट लिए । करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट लिए ।

एक समय १८ ओभरमा १७९-५ को अवस्थामा भएपनि हङकङले अपेक्षित फिनिसिङ भने गर्न सकेन ।

एसियन गेम्स क्रिकेट छनोट नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय