+

फिफा विश्वकप २०२६ : जर्मनीलाई फेरि अग्रता

२०८३ जेठ  ३१ गते २३:२८ २०८३ जेठ ३१ गते २३:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप अन्तर्गत कुरासाओ विरुद्धको खेलमा जर्मनीले २–१ को अग्रता लिएको छ ।
  • जर्मनीका लागि निको स्लोटरबेकले ३८औं मिनेटमा र फेलेक्स एनमेचाले छैटौं मिनेटमा गोल गरे ।
  • खेलको २१औं मिनेटमा कुरासाओले एक गोल फर्काउँदै खेल बराबरी गरेको थियो ।

३१ जेठ, काठमाडौं । जर्मनीले फिफा विश्वकप २०२६ अन्तर्गत कुरासाओ विरुद्धको खेलमा फेरि अग्रता लिएको छ ।

सेन्टरब्याक निको स्लोटरबेकले ३८औं मिनेटमा गोल गर्दै जर्मनीलाई २-१ को अग्रता दिलाएका थिए । नाथनियल ब्राउनको कर्नरमा निकोले हेड मार्फत गोल गरेका हुन् ।

यसअघि फेलेक्स एनमेचाले छैटौं मिनेटमै गोल गर्दै जर्मनीलाई अग्रता दिलाएपनि कुरासाओले २१औं मिनेटमा बराबरी गोल फर्काएको थियो ।

 

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय