News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को समूह एफमा स्वीडेनले ट्युनिसिया विरुद्ध पहिलो हाफमा २-१ को अग्रता लिएको छ ।
- स्वीडेनका यासिन अयारीले ७औं मिनेटमा र अलेज्यान्डर इसाकले ३०औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
- ट्युनिसियाका ओमार रेकिकले ४३औं मिनेटमा गोल फर्काएपछि पहिलो हाफ २-१ को स्थितिमा सकिएको छ ।
१ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोको मोन्टेरे स्टेडियमा भइरहेको समूह एफको खेलमा स्वीडेनले ट्युनिसिया विरुद्ध पहिलो हाफमा २-१ को अग्रता बनाएको छ ।
यासिन अयारीले खेलको सातौं मिनेटमै गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए । ट्युनिसियन बुबा र मोरक्कन आमाबाट स्वीडेनमा जन्मेका अयारीले गोलको सेलेब्रेसन भने गरेनन् ।
अलेज्यान्डर इसाकले ३०औं मिनेटमा उत्कृष्ट गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारे ।
भिक्टर ग्योकेरेले मध्यभागमा दिएको पासमा इसाकले बल एक्लै अगाडि बढाउँदै ट्युनिसियाका डिफेण्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरे ।
तर ट्युनिसियाले पहिलो हाफमै गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरेको छ । ट्युनिसियाका लागि ओमार रेकिकले ४३औं मिनेटमा गोल गरे ।
हानीबल मेज्बरीको क्रसमा रेकिकले हेड मार्फत गोल गरेका हुन् ।
प्रतिक्रिया 4