+
फिफा विश्वकप २०२६ :

ट्युनिसियाको पोस्टमा स्वीडेनको ५ गोल

२०८३ असार  १ गते ९:४३ २०८३ असार १ गते ९:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को समूह \'एफ\' अन्तर्गत सोमबार भएको खेलमा स्वीडेनले ट्युनिसियालाई ५-१ गोल अन्तरले पराजित गरेको छ ।
  • मेक्सिकोमा भएको उक्त खेलमा स्वीडेनका लागि यासिन अयारीले दुई तथा अलेज्यान्डर इसाक, भिक्टर ग्योकेरेस र माथिएस स्भानवर्गले एक-एक गोल गरे ।
  • पराजित ट्युनिसियाका तर्फबाट ओमार रेकिकले खेलको ४३औं मिनेटमा एक गोल फर्काएका थिए ।

१ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा स्वीडेनले ट्युनिसियालाई ५-१ को फराकिलो अन्तरले पराजित गर्दै शानदार सुरुआत गरेको छ ।

समूह एफ अन्तर्गत सोमबार बिहान मेक्सिकोको मोन्टेरे स्टेडियममा भएको खेलमा स्वीडेनका लागि यासिन अयारीले दुई तथा अलेज्यान्डर इसाक, भिक्टर ग्योकेरेस र माथिएस स्भानवर्गले एक-एक गोल गरे । ट्युनिसियाका लागि ओमार रेकिकले गोल गरे ।

यासिन अयारीले खेलको सातौं मिनेटमै गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए । ट्युनिसियन बुबा र मोरक्कन आमाबाट स्वीडेनमा जन्मेका अयारीले गोलको सेलेब्रेसन भने गरेनन् ।

अलेज्यान्डर इसाकले ३०औं मिनेटमा उत्कृष्ट गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारे । भिक्टर ग्योकेरेले मध्यभागमा दिएको पासमा इसाकले बल एक्लै अगाडि बढाउँदै ट्युनिसियाका डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरे ।

तर ट्युनिसियाले पहिलो हाफमै गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरेको थियो । ट्युनिसियाका लागि ओमार रेकिकले ४३औं मिनेटमा गोल गरे ।

हानीबल मेज्बरीको क्रसमा रेकिकले हेड मार्फत गोल गरेका हुन् ।

दोस्रो हाफमा स्वीडेनले दुई गोल थप्यो । भिक्टोर ग्योकेरेसले ५९औं मिनेटमा गोल गर्दै स्वीडेनलाई ३-१ को अग्रता दिलाएका थिए । त्यसपछि स्भानवर्गले ८६औं मिनेटमा स्वीडेनका लागि चौथो गोल गरे । सुरुमा असिस्ट्यान्ट रेफ्रीले  अफसाइड देखाए पनि भिएआर रिभ्यु पछि मुख्य रेफ्री याएल फाल्कन पेरेजले गोलको मान्यता दिए । स्वीडेन यतिमै रोकिएन यासिन अयारीले दोस्रो हाफको इन्जुरी टाइमको छैटौं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फराकिलो जित दिलाए ।

जितपछि स्वीडेनले ३ अंक जोडेको छ । यसै समूहको पहिलो खेलमा नेदरल्यान्ड्स र जापानले २-२ को बराबरी खेल्दै अंक बाँडेका थिए । नेदरल्यान्ड्स र जापानले समान १ अंक जोडेका छन् भने ट्युनिसिया अंकविहीन छ ।

 

 

 

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय