News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका राष्ट्रिय सभा सचेतक पदमबहादुर परियारले सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाइएकोमा आपत्ति जनाएका छन् ।
- सचेतक परियारले सुधन गुरुङको सम्पत्ति छानबिन आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
- उनले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पनि सार्वजनिक गर्न सरकारलाई दबाब दिएका छन् ।
१ असार, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका राष्ट्रिय सभा सचेतक पदमबहादुर परियारले सुधन गुरुङलाई पुनः गृहमन्त्री बहाली गर्नेकुरा आपत्तिजनक रहेको टिप्पणी गरेका छन् ।
सोमबार राष्ट्रिय सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सम्पत्ति छानबिन आयोगको प्रतिवेदन समेत सार्वजनिक नगरी राजनीतिक सेटिङको आधारमा उनलाई फेरि गृहमन्त्री नियुक्त गरिएको भन्दै आक्रोश व्यक्त गरे ।
सचेतक परियारले उनको सम्पत्ति छानबिन आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि सरकारलाई सचेत गराए । सांसद परियारले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारलाई दबाब दिए ।
उनले भने,‘तत्कालीन गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिन आयोगको प्रतिवेदन सार्वजनिक पनि नगरी यो विषयमा सदनलाई जानकारी नगराई, नेपाली जनतालाई जानकारी नगराइ एउटा बडो शंकास्पद राजनीतिक सेटिङको आधारमा गृहमन्त्रीमा फेरि पुनर्वहाली गरिएको छ । यो अत्यन्तै भर्त्सनायोग्य काम भएको हामीले महसुस गरेका छौँ । तसर्थ त्यो सम्पत्ति छानबिन आयोगको प्रतिवेदन तुरुन्तै सार्वजनिक गर्नका लागि म जोडदार माग गर्दछु ।’
सचेतक परियारले सरकारले आयोगको प्रतिवेदन सार्वजनिक गर्ने काममा ढिलाई गर्नुपर्ने कुनै कारण नरहेको पनि बताए।
प्रतिक्रिया 4