१ असार, विराटनगर । कोशी प्रदेशको प्रदेशसभामा पहिलो पटक सांकेतिक भाषा प्रयोग भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्ने क्रममा सोमबार प्रदेश सभामा पहिलो पटक सांकेतिक भाषाको प्रयोग गरिएको हो ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीले बजेट प्रस्तुत गरिरहँदा सांकेतिक भाषाका दोभाषेले त्यसलाई व्याख्या गरिरहेका थिए ।
प्रदेश सभा सचिवालयका सचिव सुदर्शन खड्काका अनुसार, कोशी प्रदेश सभामा सांकेतिक भाषा प्रयोग गरिएको यो पहिलो पटक हो ।
समावेशीतालाई आत्मसात गर्दै सांकेतिक भाषाको सुरुवात गरिएको उनले बताए ।
प्रतिनिधिसभाको बैठकमा नियमित रूपमा सांकेतिक भाषा प्रयोग हुँदै आएको छ । प्रदेश तहमा यो अभ्यासले बिस्तारै प्राथमिकता पाउन थालेको छ ।
प्रतिक्रिया 4