+
फिफा विश्वकप २०२६ :

केप भर्डेसँग बराबरीमा रोकियो स्पेन

२०८३ असार  १ गते २३:४२ २०८३ असार १ गते २३:४२

फिफा विश्वकप–२०२६ मा नवप्रवेशी केप भर्डेसँग पूर्व विश्वविजेता स्पेन बराबरीमा रोकिएको छ ।

१ असार, काठमाडौं । फिफा विश्वकप–२०२६ मा नवप्रवेशी केप भर्डेसँग पूर्व विश्वविजेता स्पेन बराबरीमा रोकिएको छ ।

अमेरिकाको एटलान्टास्थित एट्लान्टा रंगशालामा भएको खेलमा गोलकिपर भोजिन्हाको उत्कृष्ट प्रदर्शनमा केप भर्डेले स्पेनलाई गोलरहित बराबरीमा रोकेको हो ।

सन् २०१० को विश्वविजेता स्पेनले पहिलोपटक विश्वकप खेलिरहेको केप भर्डेमाथि खेलभर नै दबाब सिर्जना गरेपनि गोल गर्न सकेन । स्पेनले ७४ प्रतिशत खेल पोजिशन बनाएको थियो । ८ वटा सर्ट अन टार्गेट प्रहार गरेको थियो । जसलाई केप भर्डेका गोलकिपर भोजिन्हाले विफल बनाए ।

जसका कारण फिफा वरियताको तेस्रो स्थानमा रहेको स्पेन ६४औं स्थानमा रहेको केप भर्डेसँग बराबरीमा रोकिन पुग्यो ।

गोल निकाल्न नसक्दा स्पेनले टोलीका स्टार खेलाडी लामिन यामाल र निको विलियम्सलाई पनि मैदानमा उत्राएको थियो । तर, सफल हुन सकेन ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय