+
+
Shares

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १७:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईएमई लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फेलोसिप सोसाइटी नेपाललाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
  • उक्त सहयोग रकमबाट दृष्टिविहीन विद्यार्थीका लागि ब्रेल कागज, कम्प्युटर तथा स्कृन रिडर सफ्टवेयर लगायतका शैक्षिक सामग्री उपलब्ध गराइनेछ ।
  • यस सहयोगबाट काठमाडौं, दाङ र सुर्खेतका तीनवटा विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरू लाभान्वित हुने भएका छन् ।

४ असार, काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत फेलोसिप सोसाइटी नेपाललाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

उक्त सहयोगबाट देशका विभिन्न विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीका लागि अत्यावश्यक ब्रेल कागज, स्लेट तथा स्टाइलस, कम्प्युटर तथा स्कृन रिडर सफ्टवेयरजस्ता शैक्षिक सामाग्री उपलब्ध गराइनेछ ।

आईएमई लाइफ इन्स्योरेन्सको सहयोगबाट लोलाङ काठमाडौं, दाङ र सुर्खेतका तीन विद्यालयका विद्यार्थी लाभान्वित हुनेछन् । यो सहयोगले ती विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकाको शिक्षामा सहज पहुँच पुर्‍याउन मद्दत मिल्ने कम्पनीले जनाएको छ ।

समावेशी शिक्षा र समान अवसर समाज विकासको महत्त्वपूर्ण आधार भएको विश्वास गर्दै कम्पनीले यस्ता सामाजिक कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ ।

‘दृष्टिविहीन विद्यार्थीलाई आवश्यक शैक्षिक सामाग्री उपलब्ध गराउँदा उनीहरूको शैक्षिक उपलब्धि तथा आत्मविश्वासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ’ कम्पनीले विज्ञप्तिमा भनेको छ । फेलोसिप सोसाइटी नेपालले सन् २००० देखि नै दृष्टिविहीन बालबालिकाको शिक्षा र अधिकारका क्षेत्रमा कार्य गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?