+
+
Shares

सुन तोलामा ४ हजार ७ सय रुपैयाँ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १४ गते ११:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आइतबार सुनको भाउ प्रतितोला ४ हजार ७ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य २ लाख ७९ हजार १ सय रुपैयाँ रहेको थियो ।
  • चाँदीको मूल्यमा पनि वृद्धि भई आज प्रतितोला ४ हजार ३ सय २५ रुपैयाँ पुगेको छ ।

१४ असार, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ४ हजार ७ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

एक साताको अवधिमा सुनको भाउ ३ हजार ५ सय रुपैयाँ घटेको छ । गत आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदी आज तोलामा १४५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार १८० रुपैयाँमा कायम भएको चाँदी आज ४ हजार ३२५ रुपैयाँ पुगेको छ । गत आइतबार चाँदीको भाउ प्रतितोला ४ हजार ६९० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?