News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वप्रधानमन्त्री झलनाथ खनालले मदन भण्डारी र जीवराज आश्रितको हत्यारा पत्ता लगाउन नसक्नु कम्युनिस्ट पार्टीभित्रको कमजोरी रहेको स्वीकार गर्नुभयो ।
- खनालले मदन भण्डारीको हत्या नेपालको कम्युनिस्ट आन्दोलनलाई निस्तेज पार्ने षड्यन्त्रस्वरुप भएको दाबी गर्नुभयो ।
- उहाँले आफूहरू मार्क्सवाद र लेनिनवादलाई नेपाली क्रान्तिको विशिष्टतामा लागू गर्न निरन्तर क्रियाशील रहेको बताउनुभयो ।
१४ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने कमजोरी आफूहरूभित्रै रहेको स्वीकार गरेका छन् ।
नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले यस्तो स्वीकार गरेका हुन् ।
‘मदन भण्डारी र उहाँको बारेमा चर्चा गरिरहँदा जीवराज आश्रित कमरेडलाई छुट्याउनै मिल्दैन । उहाँहरूको हत्या अत्यन्तै रहस्यमयी ढंगले भयो । यी हत्याराहरू कसले हत्या गरेका थिए ?,’ खनालले भने, ‘ती कुराहरूलाई आजसम्म पनि पत्ता लगाउन नसक्ने कमजोरी हामीभित्रै छ ।’
मदन भण्डारीको हत्याको षड्यन्त्र नेपालको कम्युनिस्ट आन्दोलनलाई निस्तेज पार्ने षड्यन्त्रस्वरुप भएको उनको भनाइ थियो ।
‘उहाँमाथि जुन हत्याको षड्यन्त्र रचियो, नेपालको कम्युनिस्ट आन्दोलनलाई निस्तेज पार्ने षड्यन्त्र हो । यो सिंगो कम्युनिस्ट आन्दोलनमाथि षड्यन्त्र जारी छ,’ उनले भने ।
आफूहरू मार्क्सवाद, लेनिनवादलाई नेपाली क्रान्तिको विशेषता र विशिष्टतामा लागू गर्न क्रियाशील रहेको उनले बताए ।
प्रतिक्रिया 4