+
+
Shares

दक्षिण कोरिया र जापानी रक्षामन्त्रीको सियोल वार्तामा के-के भए सहमति ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते १३:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण कोरिया र जापानले कोरियाली प्रायद्वीपको पूर्ण निःशस्त्रीकरणका लागि मिलेर काम गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।
  • दुवै देशका रक्षामन्त्रीले क्षेत्रीय शान्ति कायम राख्न खोज तथा उद्धार अभ्यासलाई पुनः सञ्चालन गर्ने सहमति जनाएका छन्।
  • सियोलमा सम्पन्न वार्तामा दुवै पक्षले एआई र मानवरहित प्रणालीमा सहकार्य गर्दै सुरक्षा सम्बन्धलाई थप प्रगाढ बनाउने निर्णय गरेका छन्।

काठमाडौं । दक्षिण कोरिया र जापानले कोरियाली प्रायद्वीपको पूर्ण निःशस्त्रीकरणप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै संयुक्त खोज तथा उद्धार अभ्यासलाई ब्युँताउने सहमति गरेका छन्।

सियोलमा आयोजित छैटौँ चरणको द्विपक्षीय वार्ताका क्रममा दक्षिण कोरियाका रक्षामन्त्री आन ग्यु-बेक र उनका जापानी समकक्षी सिन्जिरो कोइजुमीले क्षेत्रीय स्थिरताका लागि द्विपक्षीय रूपमा र वासिङ्टनसँगको साझेदारीमार्फत मिलेर काम गर्ने सहमति जनाएका हुन्।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, दुवै मन्त्रीले गम्भीर सुरक्षा वातावरणका बिच क्षेत्रीय शान्ति र स्थिरता कायम राख्नका लागि निरन्तर सहकार्य गर्ने दृष्टिकोण साझा गरेका छन्।

अमेरिकाको प्रोत्साहनमा दक्षिण कोरिया र जापानले सन् २०२२ देखि आफ्ना ऐतिहासिक मतभेदलाई पन्छाउँदै घनिष्ठ सम्बन्ध विकास गर्न सक्रियता देखाएका छन्।

यसअघि सन् २०१९ मा जापानले सेमिकन्डक्टरको निर्यातमा प्रतिबन्ध लगाएपछि र दक्षिण कोरियालाई आफ्नो सहुलियतपूर्ण व्यापार सूचीबाट हटाएपछि सियोलले जापानसँगको ‘ज्सोमिया’ गुप्तचर-साझेदारी सम्झौता अन्त्य गर्ने कदम चालेको थियो।

सन् २०२५ मा तत्कालीन जापानी प्रधानमन्त्री सिगेरु इसिबा र राष्ट्रपति लीबिच सुरक्षा र आर्थिक सम्बन्धलाई अझ प्रगाढ बनाउने सहमति भएको थियो।

यस सहमतिअन्तर्गत उत्तर कोरियाको आणविक खतरा र रुससँग प्योङयाङको बढ्दो सैन्य सम्बन्धविरुद्ध एआई, मानवरहित प्रणाली र वार्षिक त्रिपक्षीय अभ्यासमा काम गर्ने प्रतिबद्धता जनाइएको थियो। त्यसैगरी, सन् २०२६ को जनवरीमा ताकाइची र लीबिच ‘सटल डिप्लोमेसी’ लाई अझ गहिरो बनाउने र मे महिनामा ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति भएको थियो।

आइतबारको बैठकमा मन्त्रीद्वय आन र कोइजुमीले आ-आफ्ना वायुसेनाका एरोबेटिक टोलीहरू (दक्षिण कोरियाको ‘ब्ल्याक इगल्स’ र जापानको ‘ब्लु इम्पल्स’) बीचको आदानप्रदानलाई निरन्तरता दिने सहमति गरेका छन्। साथै, विभिन्न सामुद्रिक दुर्घटनालाई ध्यानमा राखेर तयार पारिएको खोज तथा उद्धार अभ्यासलाई अगाडि बढाउने सहमति पनि गरिएको छ।

(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?