+
+
Shares

‘लालीबजार’ को सफलता सेलिब्रेसन, निर्माताले दिए दर्शकलाई धन्यवाद

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १६ गते १४:३५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘लालीबजार’ले व्यावसायिक सफलता हासिल गरेपछि काठमाडौंमा एक समारोह आयोजना गरी निर्माण टिम र कलाकारहरूलाई कदर पत्र प्रदान गरिएको छ।
  • चलचित्र विकास बोर्डका अनुसार यस फिल्मले हालसम्म घरेलु बक्सअफिसमा ९ करोड ३१ लाख ७७ हजार ६९० रुपैयाँ ग्रस कमाइ गरी वर्ष २०८३ को सर्वाधिक कमाउने फिल्म बनेको छ।
  • कार्यकारी निर्माता प्रदीप भट्टराईले दर्शकको मायाले आफूहरू सफल भएको बताउँदै अब नयाँ फिल्मको स्क्रिप्ट लेखन कार्य भइरहेको जानकारी दिनुभएको छ।

काठमाडौं । फिल्म ‘लालीबजार’ले व्यवसायिक सफलतालाई सेलिब्रेसन गरेको छ । आयोजित समारोहमा निर्माण कलाकार, निर्माण टिम र प्राविधिकलाई कदर पत्र प्रदान गरियो ।

कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, कलाकार चैत्यदेवी सिंह, बसुन्धरा भुसाल, भुवन चन्दले कदर पत्र प्रदान गरे ।

कार्यकारी निर्माता प्रदीप भट्टराईले फिल्म रिलिजको समयमा नयाँ अनुभव बटुलेको बताए । ‘नयाँ अनुभव भयो । जनताले मन पराएपछि हामी सफल भयौं’ उनले भने ।

सो अवसरमा फिल्मका निर्माता म्याक्स दिपेश खत्री, कलाकार रवीन्द्रसिंह बानियाँ, स्वस्तिमा खड्का, विशाल देवकोटासहित सहभागी थिए । उनीहरूले साथका लागि दर्शकलाई धन्यवाद समेत दिए ।

सो अवसरमा केक चखाएर खुसी बाँडियो ।

चलचित्र विकास बोर्डका अनुसार पछिल्लो शनिबारसम्म फिल्मले घरेलु बक्सअफिसमा ९ करोड ३१ लाख ७७ हजार ६९० रुपैयाँ ग्रस कमाइ गरेको छ । फिल्मले अन्य राइट बिक्रीमार्फत १० करोडभन्दा धेरै कमाएको छ । यो फिल्म वर्ष २०८३ मा सर्वाधिक कमाउने नेपाली फिल्म समेत हो ।

निर्माता षट्कोण आर्ट्स नयाँ फिल्म निर्माणको तयारीमा रहेको र यसको लागि स्क्रिप्ट लेखन कार्य भैरहेको निर्माता खत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?