+
+
Shares

धनकुटामा बेवारिसे पुरुषको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १६ गते १४:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनकुटाको पाख्रीबास नगरपालिका-८ स्थित सोनवर्षा जंगलमा अन्दाजी ४५ वर्षीय पुरुषको सडेको अवस्थामा बेवारिसे शव फेला परेको छ।
  • जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले मृतकको पहिचान नखुलेको र घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ।
  • प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटाको शवगृहमा राखेको छ।

१६ असार, धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-८ स्थित सुनवालुवाको सोनवर्षा जंगलमा अन्दाजी ४५ वर्षका एक पुरुषको बेवारिसे शव फेला परेको छ ।

जंगलमा एक व्यक्ति मृत अवस्थामा रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर हेर्दा नाम, थर र ठेगाना नखुलेको तथा पहाडी मूलको जस्तो देखिने पुरुषको शव सडेको अवस्थामा फेला परेको धनकुटाका प्रहरी नायब उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार मृतकले लगाएको तल्लो वस्त्र विद्यालयका कर्मचारीले लगाउने पाइन्ट जस्तै देखिएको छ ।

शव फेला परेपछि पुगेको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई जिल्ला अस्पताल धनकुटाको शवगृहमा ल्याएर राखिएको प्रहरीले जनाएको छ ।

मृतकको पहिचान खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?